स्वर्णिमको प्रश्न : मर्स्याङ्दी तरेर आउँदा म कसरी टुरिष्ट भए ?

भञ्ज्याङ न्यूज

अगामि वैशाख १० गते तनहुँ-१ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेले आफु कसरी टुरिष्ट उम्मेदवार भए – भन्दै प्रश्न गरेका छन् । पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मर्स्याङदी पारिको मान्छे म कसरी टुरिष्ट भए भन्दै प्रश्न गरेका हुन् ।

टुरिष्ट उम्मेदवार भन्ने गरिएको पत्रकारको प्रश्नमा उनले भने, ‘तनहुँका प्रदीप पौडेल काठमाडौंबाट चुनाव लड्दा टुरिष्ट नहुने, क्षेत्र नं. १ का शंकर भण्डारी क्षेत्र नं. २ मादी पारी गएर निर्वाचन लढ्दा टुरिष्ट नहुने, म मर्स्याङदी पारीबाट तनहुँ आउँदा कसरी टुरिष्ट भए ?

सिमा नक्शा मान्छेले कोरेका चित्र भएकाले यसले आफ्नो जितमा फरक नपार्ने उनले दावि गर्दै उनले भने, ‘म यो भूगोलको लागि नयाँ होइन विभिन्न सन्दर्भमा मेरो यहाँ आउजाउ भइरहेकै हो, अहिले झन् नजिकबाट यहाँको समस्या र सम्भावनालाई बुझने अवसर पाएको छु ।’

लोकतन्त्रको वैकल्पिक विश्वसनीय दलको रुपमा रास्वपा उदय भएको बताउँदै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको विश्वास र मत दुबै जितेर स्थापित भएको छ । जनताको आकांक्षामा आफ्नो लय मिलाएर अघि बढ्छौं ।’

तनहुँको सम्भावना र समस्याबारे आफुले यहाँका सरोकारवालहरुसँग छलफल गरी योजना बनाएको समेत उनले बताए । यहाँको सडक, शिक्षा, स्वास्थ्य, पोषण, सिंचाइ, खानेपानी लगायतका समस्या र जलस्रोत, कृषि, पर्यटनको सम्भावनाबारे योजना बनाएर अघि बढ्ने बताएका छन् ।

‘कसैलाई आरोप प्रत्यारोप लगाएर भन्दा पनि आफ्ना योजना र एजेण्डा सहित जनताको माझमा जानेछु’, उनले भने, ‘असल राजनीतिक संस्कारमा अरुलाई गालि गर्ने र दोष लगाउने भन्दा पनि देश र नागरिक हितको काम मुख्य हुन्छ ।’

नेपालको बिकासको मुद्दामा योगदान गर्न, विकृत राजनीतिलाई सुढृढीकरण गर्न र मुलुकको आय वृद्धि गराइ आर्थिक मन्दी घटाउने लक्ष्य सहित आफुले प्रतिनिधि सभामा उम्मेदवारी दिएको उनले बताए ।

‘अबको मेरो काम अर्थतन्त्र उकास्ने, रोजगारीको अवसर सिर्जना हुने खालका कार्यक्रम मार्फ युवाहरुलाई देशमा सम्भावना देखाउनमा केन्द्रित हुनेछ’, उनले भन ‘विश्व समुदायमा नेपालको छवि उच्च राख्न निष्ठाको राजनीति गर्नेछु ।’

आफ्नो क्षमता, आत्मविश्वास र लगनशिलताले स्थानीयदेखी राष्ट्रिय मुद्दा बोकेर संसदमा प्रतिनिधित्व गर्दै यो निर्वाचन क्षेत्रसँगै देशलाई न्याय हुने काम गर्ने उनलेब बताएका छन् । उनले भने, ‘तनहुँको बिकास, अर्थतन्त्र उकास्ने, राजनितिलाई सङ्ल्याउने संकल्प बोकेर चुनावी मैदानमा उत्रिएको छु ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker