भिमादका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण

भञ्ज्याङ न्यूज

तनहुँको भिमाद नगरपालिकाले नगर क्षेत्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाका साना किसानलाई शुक्रबार ५० प्रतिशत अनुदानमा कृषि उपकरण प्रदान गरिएको हो ।

भिमाद-२ स्थित जिलांगको अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्था, हेफर इन्टरनेशनल नेपालको लागत साझेदारी र भिमाद नगरपालिको समन्वयमा ल्याइएको कृषि उपकरण कृषकहरुलाई वितरण गरिएको हो।

नगरपालिकाका प्रमुख दधिराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सामाग्री कृषकलाई हस्तान्तरण गरेका छन् । नगरप्रमुख सुवेदीले कृषि उपकरणका माध्यमबाट किसानलाई काम गर्न सहज हुनुका साथै लागत घर्टाई राम्रो प्रतिफल लिन मद्दतपुग्ने विश्वास व्यक्त गरे।

कृषि उपकरणका कारण छोटो समयमा धेरै खेती गर्न सकिने हुँदा कृषि क्षेत्रलाई प्रविधितर्फजोड्ने गरी नगरपालिकाले योजना तथा कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख सुवेदीले बताए । सो अवसरमा किसानलाई हाते टयाक्टर ७, थेसिङ्ग मेशिन, खसी पार्ने मेशिन एक लगायतका सामाग्रि उपलब्ध गराएको नगरपालिकाका कृषि शाखाका प्रतिनिधी कालुराम दहितले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker