प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने कांग्रेस नेता पौडेलको इच्छा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ।

तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा पौडेलले भने, ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ ।’ आगामी मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने बताउँदै उनले सहयोग गर्न कार्यक्रमका सहभागीहरुलाई आग्रह गरे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको पनि उनले बताए ।

कार्यक्रममा पौडेलले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी तयारी गर्न आह्वान गरे । गठबन्धन देशको आवश्यकता हो भन्दै उनले संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धनलाई सफल बनाउनुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker