तनहुँ-१ उपचुनाव : मत आ-आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरु मतदाताको घरदैलोमा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारही चुनावी प्रचारप्रसार अभियानलाई तीब्रता दिएका छन् । दलका उम्मेदवारहरु आफ्नो पक्षमा मत ल्याउनका लागि मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

उपनिर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरु अहिले मतदातालाई रिझाउन व्यस्थ देखिएका छन् । गत मंसिर ४ गते सम्पन्न संघीय निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।

तनहुँ-१ मा हुने उपनिर्वाचनमा विभिन्न ९ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका कांग्रेसका गोविन्द भट्टराइ यतिवेला मतदातालाई भेटघाट कार्यक्रमलाई नै तीव्रता दिएका छन् । उनले विशेषगरी ग्रामीण क्षेत्रका मतदाताको भेटघाटलाई बढाएको पार्टीका जिल्ला सचिव लक्ष्मिभक्त खनालले बताए । उनले भने, ‘शहरबजारमा भन्दा ग्रामीण क्षेत्रका मतदातालाई लक्षित गरी पहिलो चराणमा ग्रामीण क्षेत्रका मतदाताको घरदैलोमा पुगिएको छ ।’

चुनावी अभियानमा रफ्तारका साथ अगाडि बढेको उनले बताए । घरदैलो अभियान अन्तर्गत उम्मेदवार भट्टराइले शनिबार देवघाट र आइतबार र सोमबार आँबुखैरेनी र मंगलबार बन्दिपुरका मतदातालाई भेट्न तालिका बनाएका छन् । जिल्ला सचिव खनालले भने, ‘मतदाताबाट निकै सकारात्मक साथ मिलेको छ । हामीले पहिलेकै भोटलाई कायम राख्छौं र जित हाम्रो नै हुन्छ ।’

यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल पनि घरदैलो कार्यक्रममै व्यस्त छन् । शुक्रबारबाट उनी बन्दिपुर र आँबुखैरेनी क्षेत्रमा घरदैलो, कोणसभा र मतदाता भेटघाट कार्यक्रममा व्यस्त थिए भने सोमबार भानु नगरपालिका केन्द्रित भएर चुनावी प्रचार अभियानमा छन् ।

ग्रामीण क्षेत्रका मतदाताहरुलाई भेटघाट र उत्साहित बनाउन शहरी क्षेत्रका मतदाताहरुलाई प्रभावित बनाएर नेकपा एमालेप्रति जनलहर पैदा गर्ने पार्टीको उद्देश्य बमोजिम घरदैलो अभियानलाई तीव्रताका साथ लागिएको पार्टीका जिल्ला सचिव राजेश्वर ढकालले बताए । उनले भने, ‘जनता माझ पुगेपछि हामी झन् उत्साहित भएका छौं । पहिलेभन्दा भोट बढाएर जित्ने योजनामा छौं ।’

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वग्ले पनि यतिबेला मत आफ्नो पक्षमा ल्याउने कसरतमा छन् । उनले शुक्रबारयता भानु, आँबुखैरेनी, देवघाट, दमौली लगायतका क्षेत्रमा घरदैलो, भेटघाट, सभा, कोणसभा गरी मतदाता माझ आफ्नो चुनावी ऐजेण्डा प्रस्तुत गरेका छन् ।

वग्लेका समर्थक विश्व बास्तोलाले अधिकांश मतदाताले परिवर्तन चाहेको हुँदा मत वग्लेलाई नै दिने गरी उत्साहित भएको बताए । उनले भने, ‘पार्टीका कार्यकर्ता नभएका भुइमान्छेबाट ९० प्रतिशत समर्थन गर्ने पाइएको छ । साथै पार्टीका कार्यकर्ताहरु पनि हामी देखिन मिल्दैन तर हामी तपाईहरुकै साथमा छौं भनेका छन् । समाग्रमा हामी उत्साहित छौं ।’

उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट गोविन्द भट्टराइ, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेलले २५ हजार ३६१, एमालेबाट एकबहादुर रानाले १९ हजार ९८१, स्वतन्त्रबाट गोविन्दराज जोशीले ६ हजार ८८७ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker