बैरेनीमा एकिकृत बस्ती योजनाका लागि व्यासले गर्‍यो द्विपक्षीय ऋण सम्झौता

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले वडा नं. १० को बैरेनीमा जग्गा एकीकरण विकास आयोजनाको लागि द्विपक्षी ऋण सम्झौता गरेको छ । नगरपालिकाले बुधबार नगर विकास कोष (एनसेट)संग बस्ती योजनाका लागि ऋण सम्झौता गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपाने र नगर विकास कोष (एनसेट)का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गरी ऋण सम्झौता गरेका छन् ।

उक्त आयोजनाको लागि नगर विकास कोषको ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानी हुने बताइएको छ । सम्झौता अनुसार कोषले नौ करोड दश लाख पचास हजार चार सय र अन्य रकम व्यास नगरपालिकाले ब्योर्हनुपर्ने प्रावधान रहेको छ ।

वि.सं. २०८० भित्र कार्य सम्पन्न गर्ने लक्ष्य लिइउको छ भने नगर विकास कोषसंग लिएको ऋण भुक्तानी गर्नुपर्ने अवधि छ वर्षको रहेको छ। नगरपालिकालाई कोषले बार्षिक ८ प्रतिशत ब्याजदर भुक्तानी गर्ने गरी ऋण लगानीमा सम्झौता गरेको छ ।

उक्त क्षेत्रको कूल एक हजार ५३७ रोपनीमध्ये पहिलो चरणमा २६१ रोपनी क्षेत्रफलमा एकिकृत बस्ती योजना गर्ने लक्ष्य रहेको आयोजना प्रमुख इन्जिनियर रबिन्द्र मुलले बताए । वि.सं. २०७७ माघ महिनामा नगर विकास कोषको प्राविधिक सहयोगमा बैरेनी जग्गा एकिकरण विकास आयोजनाको शुरुवात गरी विसं २०७८ फागुन २ गते राजपत्रमा आयोजना स्वीकृतिको सूचना प्रकाशित भएपछि प्रक्रिया अघि बढाइएको उनले जानकारी गराए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले संघीयताको अनुभूति गराउने गरी स्थानीय सरकार समक्ष आएर ऋण लगानी सम्झौता गरिएको बताए ।

एकिकृत बस्तीले गाउँर्फक अभियानमा सहयोग पुग्ने बिश्वास गर्दै उनले आयोजनाको निर्माण कार्य समयमा सम्पन्न गर्न उपभोक्ता समिति, समन्वय समिति र व्यास नगरपालिका लाग्नुपर्नेमा जोड दिए।

गाउँका बस्ती उजाड बन्दै गएको अवस्थामा शहरमा पनि व्यवस्थित शहर बनाउन आवश्यक देखिएकाले यस आयोजनालाई प्राथामिकता दिएर प्रक्रिया अघि बढाइएको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उक्त आयोजना सम्पन्न गर्नसके व्यासको प्रतिष्ठा बढ्ने हुँदा जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्न सबैको सहयोगको अपेक्षा गरे ।

दमौली बजार, भादगाउँ क्षेत्र बस्तीले साँघुरीदै गएको अवस्थामा एकिकृत बस्ती बसाउन दीर्घकालिन सोचका साथ नगर विकास कोषसंग हातेमालो गदै नगरपालिका अघि बढेको नगरप्रमुख न्यौपानले बताए ।

कार्यक्रममा नगर विकास कोषका उप निर्देशक सूर्य बहादुर कार्की, कोषका उपप्रवन्धक राजेश कुमार भोछिमोया, भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यक्रम निर्देशक सुमन प्रधान, व्यास-१० का वडाध्यक्ष खेमराज पोखरेल, व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, व्यास-१३ का वडाध्यक्ष बसन्त बहादुर आले लगायतका वक्ताहरुले यस आयोजनाको सिकाईबाट व्यासका अन्य क्षेत्रमा पनि क्रमिक रुपमा एकीकृत बस्ती बिस्तार गर्दै लग्नुपर्नेमा जोड दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker