सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममा ताेडफाेडप्रति पत्रकार महासंघ तनहुँद्वारा खेद व्यक्त

दमाैली : नेपाल पत्रकार महासंघ तनहुँले जेनजी पुस्ताकाे आन्दाेलनका क्रममा जिल्लाका सञ्चारकर्मीमाथि धम्की र सञ्चारमाध्यममाथि भएकाे ताेडफाेडप्रति खेद व्यक्त गरेकाे छ । शाखाले शुक्रबार प्रेस विज्ञप्ती जारी गरी युवा पुस्ताले गरेको प्रदर्शनको क्रममा जिल्लास्थित सञ्चारकर्मीमाथि धम्की र सञ्चारगृहमाथि आक्रमणको घटनाप्रति शाखा निन्दा र भत्र्सना गरेका हाे ।

आन्दोलनका क्रममा घुसपैठ गरी सञ्चारसंस्था र सञ्चारकर्मीमाथि भएको धम्की र तोडफोडको घटनामा संलग्नलाई पहिचान गरी कानुनी कारवाहीका लागि प्रशासनसमक्ष माग गर्दै शाखाले राज्य र आन्दोलनमा संलग्न जो कसैलाई प्रेसमाथि निशाना नबनाउन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन हार्दिक अपिल गरेकाे छ ।

भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका माग राखेर सडकमा उत्रिएका युवा पुस्ताको आन्दोलनका क्रममा दिवङ्ग भएका युवाहरुप्रति शाखाले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ । साथै आन्दोलनमा सहभागी धेरै व्यक्ति, पत्रकार र सुरक्षाकर्मी घाइते हुनुभएकामा शाखा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएकाे छ ।

शाखाले नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीमाथि गाली गलौज र हातपातको प्रयास, रेडियो ढोरबराहीको ग १३ प ५०७४ को स्कुटर, पत्रकार अशोक विकको ग १५ प ७४९७ को मोटरसाइकल, पत्रकार सुमन श्रेष्ठको ग १५ प ४५४ तोडफोड र रेडियो ढोरबराही, मादीसेती एफएम र भञ्ज्याङ दैनिक पत्रिकाको कार्यालयमा तोडफोड भएकाे जनाएकाे छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker