सीपको सदुपयोग

तनहुँको म्याग्दे गाउँपालिका–१ बरच्याङ्की एक वृद्धा भारी बोक्न प्रयोग गरिने नाम्लोको पाता बुन्दै । उमेर ढल्कदै गएपनि यी वृद्धाले प्लाष्टिकका बोराबाट धागो तयार गरी नाम्लो बुन्दै आएकी छन् । ग्रामीण क्षेत्रमा युवा जनशक्ति नहुनु, भारी बोक्ने तथा नयाँपुस्तालाई सीप हस्तान्तरण नहुँदा पछिल्लो समय नाम्लो बुन्ने र प्रयोग गर्ने कार्य हराउँदै गएको छ ।
तस्विर ः नारायण खड्का/भञ्ज्याङ










