दमौलीमा नवनिर्मित सभागृहलाई अपाङ्गतामैत्री बनाउने सहमति

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-३ स्थित सभागृहलाई पूर्ण अपाङ्गतामैत्री बनाउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले सभागृहलाई पूर्ण अपाङ्गतामैत्री बनाउने सहमति भएको हो ।

सभागृहमा निर्माण भइसकेको र अपाङ्गमैत्री संरचनाहरुको बारेमा छलफल गरी कम लागतबाट सुधार गर्न सकिने टेक टायल, र्‍याम्पको वरपर रेलिङ, शौचालयलाई मिलाउने लगायतका कार्यहरु अविलम्ब सुधार गर्ने सहमति भएको बताइएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको उपस्थितिमा बसेको बैठकमा संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुखले भवनका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै भवनको सबै कोठालाई अधिकतम पहुँचयुक्त बनाउनका लागि लिफ्टको आवश्यकता देखिएको हुँदा सोको लागि आयोजनाले बजेट माग गरी शहरी विकास तथा भवन निर्माण विभाग मार्फत शहरी विकास मन्त्रालयलाई अनुरोध गरी लेखी पठाउने निर्ण्र्ाागरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker