हरितालिका तीजमा तनहुँका तीन स्थानीय तहमा सार्वजनिक बिदा

हरितालिका तीज पर्वको अवसरमा तनहुँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य सङ्घसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ ।

नगरप्रमुख कृष्णराज पण्डितले हरितालिका तीजको शुभकामना दिँदै सभ्य रुपमा तीज मनाउन आग्रह गर्नुभएको छ । म्याग्दे गाउँपालिकाले पनि हरितालिका तीज पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker