गठबन्धनको सरकार टिकाउन जरुरी छ : कांग्रेस नेता पौडेल
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नव निर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले गठबन्धनको सरकार टिकाउन आवश्यक रहेको बताएका छन् । तनहुँको व्यास-८ पुलिमराङ, सहिदको गाउँमा मतदातालाई धन्यवाद दिंदै उनले सत्तारुढ गठबन्धन मर्म भनेको शान्ति, सुशासन, स्थिर सरकार र समृद्धि भएकोले निरन्तरता दिईनु पर्ने बताए ।
निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई धोका दिन नहुने बताउँदै उनले भने, ‘कुनै पनि आँच आउन नदिने गरी दरो रुपमा मनमा राखेर काम गर्नुपर्छ । तपाइहरुले दिएको मतको पुरापुर हामी सदुपयोग गछौर्ै, अत्यन्त इमान्दार पूर्वक काम गरेर मतदाताले ठिक गरेछौं भन्ने मनमा आनन्द हुने मनमा आनन्द हुने गरी काम गर्नेछु ।’
‘भोट हालेर जिताउने काम पुरा गर्नु भएको छ काम गरेर ऋण तिर्ने कतव्य पुरा गछौं’ नेता पौडेलले भने, ‘सहिदको गाउँबाट प्रेरणा मिलेर राजनीतिमा लागेको हुँ । अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँकै मानिसलाई रोजगारी दिनसक्नु पर्ने छ ।’
देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिशनतन्त्र रोक्न सक्यौं भने विकास हुन्छ नेता पौडेलले भने, ‘कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने, पर्यटनको विस्तार गाउँमा पुर्याउने, गाउँगाउँमा उद्योगहरु खोल्नु पर्छ, सरकारको नेतृत्वको लागि आफूले दाबी गर्नुपर्ने अवस्था छ ।’










