कृषिमा आधुनिकीकरण आवश्यक छ : मन्त्री बुढा

भञ्ज्याङ समाचारदाता/डुम्रे

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका-१ स्थित हरियाली कृषक समूहलाई बुधबार ट्रयाक्टर हस्तान्तरण गर्दै बाँझो जमिन नराखी जग्गालाई चक्लाबन्दी गरी व्यवस्थित तरिकाले कृषि खेती गर्नुपर्नेमा जोड दिए ।

‘पराम्परागत शैलीबाट माथि उठेर व्यावसायिक रूपमा कृषि क्षेत्रलाई अघि बढाउन सकिए आत्मनिर्भर बन्न सकिन्छ’, उनले भने, ‘प्रदेश सरकारले के गर्नुपर्छ त्यसका लागि कुनै कन्जुस्याइँ हुनेछैन । त्यसका लागि किसान जागरुक बन्न आवश्यक छ ।’

प्रदेश सरकारको कृषि मन्त्रालयको ७५ र समूहको २५ प्रतिशत अनुदामा उक्त ट्रयाक्टर अनुदानमा प्रदान गरिएको हो । प्रदेश सरकार कृषि मन्त्रालयबाट रु २४ लाखको लागतमा उक्त ट्रयाक्टर प्रदान गरिएको हो । गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले पहाडी भागमा सुन्तला तथा कागती खेती गरी पाखाटारमा लिफ्टिङको व्यवस्था गरी सिँचाइ गर्न सकिए मात्रै कृषि क्षेत्रमा फड्को मार्न सकिने बताए ।

उक्त समूहमा एक सयभन्दा बढी सदस्य आबद्ध रहेको समूहकी अध्यक्ष अञ्जु श्रेष्ठले जानकारी दिइन् । प्राप्त भएको ट्रयाक्टरले सस्तो भाडा दरमा जमिन जोत्न प्रयोग गरिने समुहले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker