एमाले महाधिवेशन : ३०१ पदमा ३३३ को उम्मेदवारी

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ । एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । सुब्बाका अनुसार पदाधिकारीमा २३ तथा केन्द्रीय सदस्यमा ३१० जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा दुई, वरिष्ठ उपाध्यक्षमा एक, उपाध्यक्षमा सात, महासचिवमा एक, उपमहासचिवमा तीन तथा सचिवमा नौ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।

केन्द्रीय पदाधिकारीको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा आवश्यक सङ्ख्यामा मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित भएको सुब्बाले बताउनुभयो । सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल तथा उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेका कारण उहाँहरुबीच प्रतिस्पर्धा हुने भएको छ । छ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ । सात जना सचिव हुने व्यवस्था भएको ठाउँमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यततर्फ भौगोलिक क्षेत्रअनुसार प्रदेश १ खुला छ जना आवश्यक भएकोमा नौ को उम्मेदवारी परेको छ भने तीन जना महिलामा तीन जनाको नै उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश २ मा खुला छ मा छ तथा महिलातर्फ तीनमा तीन जनाको नै उम्मेदवारी परेको छ । वाग्मती प्रदेशबाट पनि खुलातर्फ छ जना केन्द्रीय सदस्यमा आठ जना तथा महिलातर्फ तीन जनामा तीन जनाकै उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन जना महिला कोटामा तीन जनाकै उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशको छ जना खुला केन्द्रीय सदस्यमा छ तथा तीन महिला केन्द्रीय सदस्यमा तीन जनाकै उम्मेदवारी परेको छ । कर्णाली प्रदेशको छ जना खुला केन्द्रीय सदस्यतर्फ छ जनाकै र तीन महिला सदस्यका लागि तीन जनाकै उम्मेदवारी परेको छ ।

सुदूरपश्चिम प्रदेशको तीन जना खुला केन्द्रीय सदस्यतर्फ नौ र तीन महिला केन्द्रीय सदस्यतर्फ छ जनाको उम्मेदवारी परेको सुब्बाले जानकारी दिनुभयो । त्यस्तैगरी उपत्यका विशेष खुला सदस्यमा एक र महिला सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । सम्पर्क समन्वयतर्फ खुला एकमा १ जनाकै उम्मेदवारी परेको छ भने एक महिला कोटामा दुई जनाको उम्मेदवारी परेको छ ।

समावेशी केन्द्रीय सदस्यतर्फ आदिवासी जनजातिको १७ पदमा १९ जनाको तथा आठ महिला सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो । मधेशीतर्फ १३ जना खुला केन्द्रीय सदस्यमा १५ तथा छ महिला केन्द्रीय सदस्यमा छ जनाकै उम्मेदवारी परेको छ । आठ दलित खुलातर्फ ११ जनाको र चार महिलातर्फ चार जनाकै उम्मेदवारी परेको सुब्बाको भनाइ छ ।

त्यसैगरी थारुबाट पाँच खुला केन्द्रीय सदस्यमा छ तथा दुई जना महिलाको कोटामा तीन जनाको उम्मेदवारी परेको छ । मुस्लिम खुलातर्फ चार जना केन्द्रीय सदस्यमा छ तथा एक महिला केन्द्रीय सदस्यमा एक जनाकै उम्मेदवारी परेको छ । श्रमिक खुलातर्फ चार जनाको पदमा चार जनाकै र दुई जना महिला कोटामा दुई जनाकै उम्मेदवारी परेको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

पिछडिएको क्षेत्रबाट खुलाको तीन पदमा पाँच तथा एक महिलाको कोटामा एक जनाकै उम्मेदवारी परेको छ । खुला केन्द्रीय सदस्यको ८४ पदमा ८५ जना तथा महिला आरक्षित ५३ पदमा ५४ जनाको उम्मेदवारी परेको सुब्बाले बताउनुभयो ।

नेकपा एमालेका तीन वटा केन्द्रीय आयोगमा भने अवाश्यकताअनुसारको पदमा मात्रै उम्मेदवारी परेको छ । पच्चीस सदस्यीय केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका सबै पदमा निर्विरोध भएको सुब्बाले बताउनुभयो । एमालेको केन्द्रीय समितिमा आवश्यक पदअनुसार उम्मेदवारी परेका सबै निर्विरोध निर्वाचित हुने र आवश्यक पदभन्दा बढी उम्मेदवारी परेको पदमा भने निर्वाचन गराइने केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker