एमाले तनहुँद्वारा १ मा १४७१, २ मा १५०१ सदस्य निर्वाचन परिचालन कमिटी गठन

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बन्दिपुर-१ डुम्रेमा मंगलबार आयोजित विस्तारित बैठकले नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलको संयोजकत्वमा १ हजार ४७१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

कार्यक्रममा तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एकबहादुर राना, प्रदेश १ का उम्मेदवार रामबहादुर गुरुङ, प्रदेश २ का उम्मेदवार पूर्णबहादुर गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने लगायतले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवारलाई विजयी गराउनुपर्ने बताए ।

यस्तै, नेकपा एमाले तनहुँ प्रतिनिधि सभा क्षेत्र नं. २ निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले जिल्ला सचिव राजेश्वर ढकालको संयोजकत्वमा १ हजार ५०१ सदस्यीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा मंगलबार बसेको बैठकले सह-संयोजक खिम बहादुर कुमाल र सचिब मेख बहादुर थापा रहने गरी निर्वाचन परिचालन कमिटी गठन गरेको हो । बैठकले पोलिटब्युरो सदस्य टुकराज सिग्देल संयोजकत्वमा १९ सदस्यीय प्रचार प्रसार तथा सुपरिवेक्षण कमिटी गठन गरेको छ ।

सो कमिटीमा केन्द्रीय सदस्य सबिता रसाइली सह-संयोजक र यस क्षेत्रका केन्द्रीय सल्लाहकार सदस्य शान्ति खनाल, शेषमणि आचार्य, दधिराज सुवेदी, बिश्वबन्धु भण्डारी, प्रदेश सचिवालय सदस्यहरु नारायण खनाल, श्रीप्रसाद श्रेष्ठ रामचन्द्र उपध्याय, होम थापा, दुर्गा पराजुली, बिष्णुभक्त सिग्देल, कृष्णकुमारी श्रेष्ठ, प्रदेश सदस्यहरु धर्म खनाल, कमल ढकाल, रुद्रप्रसाद पौडेल, सुरज गुरुङ, हर्क गुरुङ र नरेन्द्र वाग्ले रहेका छन् ।

साथै मेख बहादुर थापा संयोजक रहने गरि रन बहादुर राना, आनन्द सुन्दर श्रेष्ठ, हरि बहादुर थापा, मुक्ति तिमिल्सिना र चतुर्भुज सुवेदी रहने गरी आर्थिक परिचालन कमिटी, दधिराज सुवेदी संयोजक रहने गरी, श्रीप्रसाद श्रेष्ठ रामचन्द्र उपाध्याय र गन्जसिङ गुरुङ सदस्य रहने गरी प्रतिबद्धता पत्र लेखन कमिटी गठन गरिएको जिल्ला उपसचिव खिम बहादुर कुमालले जानकारी दिए ।

खिम बहादुर कुमालको संयोजकत्वमा रघुनाथ पौडेल र बिमल जिसि सदस्य रहने गरी कार्यालय ब्यबस्थापन तथा प्रचार प्रकाशन कमिटी र संयोजक मेख बहादुर थापाको संयोजत्कत्वमा युवा परिचालन कमिटी गठन गरिएको पार्टीले जनाएको छ । समिति सदस्यहरु देवान गुरुङ उज्ज्वल खनाल इश्वर श्रेष्ठ र तिर्थराज खनाल रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker