आँवुखैरेनीको ऐनापहरामा आधुनिकपार्क निर्माण कार्य सुरु

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीयस्थल ऐनापहरामा आधुनिक पार्क निर्माण गर्न थालिएको छ । पृथ्वीराजमार्गको नजिकै रहेको ऐनापहरालाई थप व्यवस्थित बनाउन गाउँपालिकाले पार्क निर्माण सुरु गरेको हो ।

आँबुखैरेनी गाउँपालिका-२ र ४ को सिमानामा निर्माण गरिने पार्क मंगलबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शिलान्यास गरेका छन्। ऐनापहराको वरपर रहेका चट्टानमा आकर्षक देवीदेवताको मूर्ति निर्माण गर्न थालिएको उहाँको भनाइ थियो । पार्क निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ ।

‘ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौं’, अध्यक्ष चुमानले भने, ‘सोही बमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।’ गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ ।

कलकल बगेको पानी, हरियाली जंगल र खोंचबाट झरेको पानीले यहाँ आइपुग्ने पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने यो झरना आकर्षक पर्यटकीयस्थलको रूपमा विकास हुँदै गएको हो ।

राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणका लागि विश्रामस्थलको रूपमा ऐनापहरा झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका-३ का वडासदस्य मनोजकुमार श्रेष्ठले बताए । उनले भने, ‘काठमाडौं, चितवनबाट पोखरा जाने र पोखराबाट र्फकने सर्वसाधारण सवारीसाधन रोकेरै यस झरनामा रमाउने गरेका छन् ।’

यहाँ स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना बनाइएको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ वा टिकटक बनाउन सर्वसाधारणको भीड लाग्न थालेको छ भने चिसो मौसममा यहाँ पुग्ने पर्यटकको चाप रहँदै आएको छ ।

छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । उक्त झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले तयार पारेको विस्तृत गुरुयोजना प्रतिवेदनमा रु दश करोड बजेट लाग्ने अनुमान गरिएको छ । उक्त ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गरिने जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker