सत्यवती माध्यमिक विद्यालयले मनायो ४७औं वार्षिकोत्सव

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित सत्यवती माध्यमिक विद्यालयले ४७औं वार्षिकोत्सव मनाएको छ । नमुना विद्यालयको रुपमा परिचित सत्यवती माविको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका नबनिर्वाचित सदस्य अशोक कुमार श्रेष्ठले सत्यवती मावि देशकै नमुना विद्यालयका रुपमा आफुलाई परिचित गर्न सक्नु खुशीको विषय भएको बताए । उनले आगामी दिनमा विद्यालयलाई पर्ने आवश्यक सहयोग गर्न समेत आफु सदैभ तत्पर रहेको प्रतिवद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधान सभासदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने, नेपाली कांग्रेसका जिल्ला उपसभापति देव कुमार श्रेष्ठ, एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेल, नेकपा माओवादी केन्द्रका कार्यालय सचिव बसन्त दरै, वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठ, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडल, व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुली, निर्मल माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, शिवपाञ्चयान मावि बिव्यासबाट बिष्णुभक्त न्यौपाने, अभिभावकको तर्फबाट लालप्रसाद भट्टराइ, विद्यार्थी छात्रा आँचल सिग्देल छात्र सिर्द्धार्थ पण्डित, वडासदस्य सुरेश वाग्ले, बिव्यास सदस्य कृष्ण कुमार श्रेष्ठ लगायतका वक्ताहरुले सत्यवती माविको शैक्षिक गुणस्तरका बिषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

यस्तै, विद्यालयको वार्षिकोत्सव समारोहमा प्रधानध्यापक एकबहादर गुरुङले विद्यालयका बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक लगायत विद्यालयमा योगदान पुर्‍याउनेलाई सम्मान गरिएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker