आँवुखैरेनीमा घर तथा भवनको प्रस्तावित नक्शा निःशुल्क

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कामको सुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क गर्ने घोषणा गरेबमोजिम मंगलबारदेखि निःशुल्क नक्सा वितरण सुरु गरेको हो ।

गाउँपालिकाको वडा नं. ३ निवासी मनमाया थापा र अनिता थापाले पहिलो पटक उक्त सेवा लिएका छन् । उनीहरुले घर निर्माणका लागि नक्सा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्सा निर्माण गरी अध्यक्ष शुक्र चुमान र उपाध्यक्ष दुर्गा अर्यालले हस्तान्तरण गरेका छन् ।

नक्सा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्सा गाउँपालिकाले नै निःशुल्क रुपमा बनाइदिने गाउँपालिकाका अध्यक्ष चुमानले बताए । चुमानका अनुसार तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिनेछ । नक्सा पासका लागि लाग्ने आवश्यक राजस्व भने तिर्नुपर्नेछ ।

भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवनहरु) भुइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागु हुने गाउँपालिकाले जनाएको छ । नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुमा यो सेवा सुविधा लागु नहुने जनाइएको छ ।

‘घर बनाउनका लागि नक्साका लागि सर्वसाधारणले अब बाहिर कन्सल्टेन्सी धाउनुपर्दैन, गाउँपालिकामा आएर सम्पर्क गरेपछि गाउँपालिकाले आवश्यक सबै काम गरिदिन्छ’, चुमानले भने, ‘कन्स्लटेन्सीमार्फत् नक्सा बनाउँदा कम्तिमा २५/३० हजार लाग्छ । निःशुल्क हुने भएपछि र्सवसाधारणको उक्त पैसा जोगिन्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker