सिटिइभिटीको परीक्षाको अनुगमन तथा अन्तरक्रिया

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर-१ पिप्ले स्थित पवित्र माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको सिटिइभिटीको परीक्षाको अनुगमन तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले सिटिइभिटीद्वारा संचालन भैरहेको परीक्षाको अनुगमन गरेका हुन् ।

पवित्रा माविमा सञ्चालन गरिएको परीक्षाको अनुगमन गरी प्रमुख आचार्यले सरोकारवालासंग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा सहभागि विद्यार्थीहरुले पुस्तकालयमा पर्याप्त पुस्तकको ब्यवस्थापन गरिनु पर्ने, सिकाइ सामग्रीको पर्याप्तता हुनुपर्ने, पढाइ शुल्क घटाउनु पर्ने, सैद्धान्तिक सँगै, फिल्डओर्कमा पनि ध्यान दिनु पर्ने लगायतका क्षेत्रमा ध्यान दिन माग गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेद्र अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष निरु थापाले विद्यार्थीहरुको मागलाई तत्काल सम्बोधन गरिने भन्दै प्राविधिक शिक्षा संचालन गर्दा आईपरेका चुनौति र भावी योजनाको विषयमा जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले प्रविधिक शिक्षा तर्फविद्यार्थीलाई आकषिर्त गर्न योजना बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा निर्देशक आचार्यले प्राविधिक शिक्षा सर्वशुलभ बनाई देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी सृजना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित गराइ उद्यमी बन्न प्रेरित गर्ने गरी गण्डकी प्रदेश लागि परेको समेत बताए ।

निर्देशक आचार्यले स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योग वाणिज्य संघ लगायतका सरोकारवाला निकायसँग प्राविधिक शिक्षासंग सम्बन्धित भावी योजनाका बारेमा निकट भविष्यमा छलफल गरिने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker