घिरिङ गाउँपालिकाको १३औ गाउँसभा सुरु
भञ्ज्याङ न्यूज

तनहुँका पालिकाहरुले हिउँदे अधिवेशन-२०७९ सुरु गरेका छन् । जिल्लाका आँवुखैरेनी, म्याग्दे गाउँपालिकाले गाउँ सभा सम्पन्न गरिसकेका छन् भने अन्य पालिकाहरुले पनि गाउँ सभा तथा पालिका सभा सुरु गरेका छन् ।
हिउँदे अधिवेशन अन्तर्गत विहीबार घिरिङ गाउँपालिकाले १३औं गाउँ सभा सुरु गरेको छ भने बन्दिपुर गाउँपालिकाले १२औ गाउँ सभा अधिवेशन सुरु गरेको छ । यस्तै, व्यास नगरपालिकाले ३८औं नगर सभा सुरु गरेको छ ।
घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले आर्थिक वर्ष २०७९/०८० मा भएको १३औं गाउँ सभामा प्रस्तावित संशोधित कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए भने उपाध्यक्ष राधादेवी अधिकारीले नीति, कार्यक्रमको प्रगति समिक्षा प्रस्तुत गरेकी थिइन् ।

यस्तै, गाउँपालिका भित्र लामोसमयदेखि रोकिएका निर्माण कार्यको ठेक्कालाई निर्माण व्यवसायीहरुसंग सहकार्य र सहकिजकरण गरी कामलाई तीब्रता साथ अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकतालाई सहज रुपमा उपभोग गर्ने वातावरण बनाउन लागि परेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, सम्भव भएसम्म वडावडामै गएर योजनाहरु सम्झौता गर्ने गाउँ सभाले निर्ण्र्ाागरेको छ ।’










