प्रदेशको बजेटमा तनहुँ : व्यासगुफादेखि छिम्केश्वरी जोड्न पदमार्ग

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेश सरकारले तनहुँको धार्मिकस्थल व्यासगुफादेखि पर्यटकीयस्थल छिम्केश्वरीसम्म जोड्ने पदमार्ग निर्माण गर्ने भएको छ। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार प्रदेशसभामा आगामी वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै व्यासगुफाबाट छिम्केश्वरीसम्म पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको उल्लेख गरेका छन् ।

‘एक स्थानीय तह : एक प्रमुख पर्यटकीय पदमार्ग’ निर्माण गर्ने उद्देश्यअनुरुप व्यासगुफाबाट छाब्दी-कर्लुङ-रामकोट-बन्दीपुर-हिलेखर्क-छिम्केश्वरी पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री बरालले बताए । सदरमुकाम दमौलीमा रहेको व्यासगुफामा नेपालका विभिन्न जिल्लाका अतिरिक्त भारतबाट समेत भक्तजन आउने गरेका छन् । महर्षि वेदव्यासको जन्मभूमि र जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पदमार्गबाट जोड्ने गरी सरकारले बजेट विनियोजन गर्नु सकारात्मक रहेको दमौली निवासी दिपक भट्टर्राईले बताए ।

समुद्री सतहबाट दुइ हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा पूजाआजाका लागि भक्तजन पुग्ने गरेका छन् । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । त्यस्तै दमौली अस्पताललाई समय सापेक्ष स्तरोन्नति गरी सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरिएको अर्थमन्त्री बरालले बताए । उनका अनुसार दमौली अस्पतालबाट रगत तथा रक्तजन्य पदार्थ निःशुल्करूपमा उपलब्ध गराइनेछ ।

यस्तै सरकारले प्रदेशको गौरवको योजनाका रूपमा रहेको तनहुँको भिमाद-डेढगाउँ-झयालवास-चोरमारा-दुम्कीवास-त्रिवेणी सडकखण्ड, शाल्रि्राम करिडोरलगायतका सडक निर्माण कार्यलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । उक्त सडकखण्ड अन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको मानपुरबाट डेडगाउँ-बुलिङटार सडक कालोपत्रको काम अघिल्लो वर्षबाट सुरु भइसकेको छ  घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सिमानासम्म एघार किलोमिटर सडक कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फ रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा काम भइरहेको छ ।

अदुवा प्रशोधनदेखि जल यातायात योजना

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तनहुँका महत्वपूर्ण योजना समावेश गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा जिल्लामा अदुवा प्रशोधन केन्द्र स्थापना गर्नेदेखि जल यातायात सञ्चालन गर्नेसम्मका योजना समेटिएको हो ।

त्यस्तै पर्यटकीय पदमार्ग, औद्योगिक क्षेत्र, सडकखण्डलगायतका योजना पनि सरकारको नीति तथा कार्यक्रममा समावेश भएको छ । सरकारले भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकालाई अदुवा उत्पादन पकेट क्षेत्रको रूपमा विकास गर्दै उत्पादित अदुवाको प्रशोधन गरी निर्यात गर्न प्रशोधन केन्द्र समेत स्थापना गर्ने नीति लिएको छ ।

भीमाद, ऋषिङ र घिरिङ गाउँपालिकाबाट वर्सेनि करोडौँ मूल्य बराबरको अदुवा उत्पादन हुने गरेको छ । यहाँ उत्पादित अदुवा भारतसम्म पनि निर्यात हुँदै आएको छ । जिल्लामै प्रशोधन केन्द्र स्थापना हुने भएपछि यस भेगका किसानलाई फाइदा पुग्ने बताइएको छ। सरकारले धार्मिक पर्यटकीयस्थल व्यासगुफादेखि जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पदमार्गले जोड्ने लक्ष्य लिएको छ । त्यसका लागि व्यासगुफा-छाब्दी-कर्लुङ-रामकोट-बन्दीपुर-हिलर्ेखर्क हुँदै छिम्केश्वरीसम्मको पदमार्ग निर्माण गरिने उल्लेख गरिएको छ।

तनहुँको धार्मिकस्थल देवघाटदेखि स्याङ्जाको चापाकोटसम्म कालीगण्डकी नदीमा जल यातायात सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै तनहुँको पुँडीटारमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गरिनेछ । तनहुँ र नवलपुरको चुरे तथा भावर एवं आसपासका अन्य संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको एकीकृत एवं दिगो व्यवस्थापनका लागि राष्ट्रपति चुरे संरक्षण समितिसँग आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

देवघाटको शाल्रि्राम करिडोरमा जोड्ने सडकका विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा जाने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारको प्राथमिकतामा रहेको उत्तर दक्षिण दु्रतमार्ग अन्तर्गतको भीमाद-डेढगाउँ-झ्यालवास-चोरमारा-दुम्कीवास-त्रिवेणी खण्ड आयोजनालाई आगामी दुइ वर्षमा सम्पन्न गरिने उल्लेख छ ।

उक्त सडकखण्डअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको मानपुरदेखि डेडगाउँ-बुलिङटार सडक कालोपत्रको काम अघिल्लो वर्षबाट सुरु भइसकेको छ । घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्म एघार किलोमिटर सडक कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फ् रु २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा काम भइरहेको छ । सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्र गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।

पृथ्वीराजमार्गको विकल्पमा रहेको बुद्धसिं मार्गलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । पोखरा-नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गमा कालोपत्र गर्ने भनिएपछि लामो समयदेखि काम हुन सकेको छैन । सरकारले यो मार्गमा निर्माण कार्यलाई तीव्रता दिने जनाएपछि काम हुने आशा पलाएको छ ।

बुद्धसिं मार्ग अन्तर्गत घुमाउनेमा पक्की पुलसमेत निर्माण भइरहेको छ । उक्त पुल निर्माण पछि घुमाउनेबाट तनहुँ सदरमुकाम दमौली पुग्न अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।

दमौलीबाट घुमाउने घाटसम्म नियमितरूपमा साना बसहरू तथा दुइ पाङ्ग्रे सवारीसाधन आउने जाने गरे पनि दुइ पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ-नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् । सरकारको नीति तथा कार्यक्रममा पृथ्वीराजमार्गको पोखरा मुग्लिन खण्डकोस्तरवृद्धि गर्ने, तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गरिने उल्लेख छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker