राष्ट्रिय सभा सदस्य न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

भञ्ज्याङ न्यूज

नेकपा एमाले तनहुँकी सचिव एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदबारी दिने भएकी छन् । यही मंसिर १०-१२ गतेसम्म चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाविशेनमा न्यौपानेले महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएकी छन् ।

२०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी न्यौपाने २०५६ सालदेखि सक्रिय राजनीतिमा लागेकी छन् । नेकपा एमालेको जिल्ला कमिटीको विभिन्न पदको जिम्मेबारीमा रहेकी न्यौापाने हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँ जिल्ला इन्चार्ज समेत हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी उनी २०६२/०६३ को आन्दोलनको चर्चित पात्र समेत हुन् ।

राष्ट्रिय सभामा महत्वपूर्ण भुमिका खेल्दै आएकी नेतृ न्यौपानेको राष्ट्रिय सभामा हुने मन्तव्य चर्चित बन्दै आएको छ । पार्टीको नीतिलाई जोड तोडका साथ राष्ट्रिय सभामा प्रस्तुत गर्ने मात्र नभई उनले राष्ट्रिय राजनीतिका समसामयीक विषयलाई समेत सभामा ओजनदार रुपमा प्रस्तुत गर्दै आएकी छन् । सोही कारण एमालेको नेतृत्वमा रहेका नेताहरुको नजरमा न्यौपाने पर्दै आएकी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको हार्डलाईनर न्यौपानेलाई यस पटक केन्द्रीय सदस्य बनाई भुगोलको राजनीतिमा पठाउने विषयमा अध्यक्ष ओली समेत सकारात्मक भएको स्रोतले जनाएको छ ।

नेतृ न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएमा तनहुँमा कार्यकर्ताको संरक्षण गर्ने र विपक्षीसँग राजनीतिक मुकाबिला गर्ने र केन्द्रले समेत भरोसा गर्न सक्ने शसक्त नेता पाउने आशा एमाले कार्यकर्ताले गरेका छन् । एमालेले यस पटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य ग्यारेन्टी गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्ने निश्चित देखिएको छ । पार्टी नेताहरुकै सल्लाहमा केन्द्रीय सदस्यको उम्मेदबार बन्ने र बिजयी समेत हुने नेतृ न्यौपानेको दाबी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker