स्वास्थ्य क्षेत्रमा आँवुखैरेनीले चालेको कदम : आँखाको सम्पूर्ण उपचार सेवा गाउँपालिकामै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकावासीलाई सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्य सहित गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार सेवा प्रदान गर्ने तयारी गरेको हो ।

आँबुखैरेनी अस्पतालबाट आँखाको उपचार सेवा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘आँखा उपचार सेवा प्रदान गर्नका लागि गाउँपालिकाले नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरेको छ ।’

आँबुखैरेनीका लायन्स क्लबहरुको सहकार्यमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाले संयुक्त रुपमा आँबुखैरेनी अस्पतालमा नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति र सम्झौता गरिएको अध्यक्ष चुमानले बताए । उनले आँबुखैरेनीका जनतालाई आँखाको उपचारका लागि अन्यत्र जानपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

यसतै, गाउँपालिका अध्यक्षमा निर्वाचित भएर आएसंगै अध्यक्ष चुमानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाएका छन् । पदभार ग्रहण गरेसँगै उनले पहिलो निर्णय नै गाउँपालिका भित्रका ६ वटै वडामा सामाजिक सुरक्षा भत्ता टोलटोलमा बितरण गर्ने, गर्भवती महिला, ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, आकष्मिक बिरामी, दीर्घरोगी असहाय, अशक्त लाई पनि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका थिए ।

सोही निर्णय बमोजिम गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटमा मेडिकल डाक्टरको व्यवस्था सहित १५ शय्याको आँबुखैरेनी अस्पताल सञ्चालन गर्ने, अस्पतालमा आकस्मिक सेवा, आधारभुत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीको समेत व्यवस्था गरी अधिकत्तम स्वास्थ्य सेवा निःशुल्क गराउने योजना अगाडि ल्याएका थिए ।

योजना बमोजिम नै गाउँपालिकाले गत मंसिर १ गतेदेखि एमडिजिपी डाक्टरको व्यवस्था सहित १५ शैय्याको आँबुखैरेनी अस्पतालको सेवा सुरु गरिसकेको छ भने अस्पतालबाट विभिन्न रोगहरुको उपचारको लागि शिविरको आयोजना गरि निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

अस्पतालले संचालनको एक महिनामै २ हजार बढि सेवाग्राहीले उपचार सेवा लिइएको गाउँपालिका अध्यक्ष चुमानले बताए । ‘अहिले हाम्रो अस्पतालबाट औसत दैनिक एक सय जना नागरिकले स्वास्थ्य सेवा लिइरहनु भएको छ, यो क्रम बढ्दो छ’, उनले भने, ‘अस्पताललाई सुविधासम्पन्न बनाउनका लागि रंगिन डिजिटिल एक्स-रे मेसिन जडान, अत्याधुनिक प्रविधिको ल्याव, अपरेशन कक्षको व्यवस्था लगायतका कामहरु गर्न लागि परेकाछौं ।’

गाउँपालिकाले नेपालकै पहिलो पेपरलेस अस्पतालको रुपमा आँबुखैरेनी अस्पताललाई अगाडि बढाएको छ । अध्यक्ष चुमानले भने, ‘पेपरलेस बनाउन सके आगामी दिनमा हाम्रो अस्पतालमा एक पटक स्वास्थ उपचार लिएका नागरिकको स्वास्थ्य विवरण त्यसमा समावेश गर्ने भएकाले अर्को पटक सेवा लिन आउँदा नागरिकले कुनै पनि कागजपत्र बोक्नु पर्दैन, जसले नागरिकलाई सहजता बनाउछ ।’

अस्पतालमा ७० वर्ष माथिका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क सेवाको व्यवस्था गरिएको छ भने अन्यलाई पनि स्वास्थ्य बिमा कार्यक्रम मार्फत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । यस्तै गाउँपालिका भित्रका कुनैपनि नागरीकमा क्यान्सर जस्ता दीर्घ रोग लागेमा ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउनुका साथै निःशुल्क स्त्रिmनिङको व्यवस्था समेत मिलाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker