शालिग्राम कोरिडोर मर्मत नगरिदा दसैंका यात्रुलाई सास्ती (फोटोफिचर सहित)
राम बंसि ठकुरी/देवघाट

शाल्रि्राम करिडोर अन्तर्गत तनहुँको देवघाट-कोटा-खाल्टे सडक खण्डमा बाढीपहिरोले भत्काउँदा स्थानीयले सास्ती झेल्दै आएका छन् । उक्त सडक खण्ड दसैं पर्वलाई लक्षित गरी मर्मत सुधार नगर्दा यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता आइलागेको छ ।

यो सडक खण्ड स्थित ‘कोटा भटेरीदेखि बन्चरेपहरा बीचमा बाडीपहिरोले सडक भत्काएको र गाउँपालिकाले सडक मर्मत सुधारमा ध्यान नदिदा तनहुँको दक्षिण कछारभेग अर्न्तर्गत पर्ने देवघाटको वडा नं. २, ३ का बासिन्दा बढी प्रभावित हुन पुगेका छन् ।

गत भदै अन्तिममा नै देवघाट गाउँपालिकाले दसैँ अगाडी नै यस शाल्रि्राम कोरिडोर अन्तर्गत भटेरी बन्चरे खाल्टेसम्मको सडक खण्डलाई पूर्ण सरसफाई गरी सञ्चालनमा लाउने भनि कार्यपालिका बैठकमा निर्णय गरेपनि गाउँपालिकाले मर्मत सुधारमा समयमै ध्यान नदिदा अहिले स्थानीय उपभोक्ताले सास्ती झेल्नुपरेको छ ।

दसैँ जस्तो महान पर्वमा चितवन, नवलपुरदेखि आफनो जन्मस्थलमा दसैं पर्व मनाउन आउनेहरु बढी प्रभावित भएका छन् । दसैं पर्वमा गाउँ आउने यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपरेको, बैकल्पिक कालीगण्डकी मार्गबाट महगो भाडादर एवं जोखिम मोलेर यात्रा गर्नुपरेको छ ।

गण्डकी प्रदेश सभा मार्फ बिनियोजन बजेट ५० लाख एवं देवघाट गाउँपालिकाले सरसफाईका लागि छुट्याएको बजेटबाट तत्काल बाटोको मर्मत सुधार हुनुपर्ने स्थानीयको माग छ । चाडवाडको समयमा पनि सडकको मर्मत सुधारमा गाउँपालिका तथा जनप्रतिनिधिले चासो नदेखाएको स्थानीयको गुनासो छ ।











