रायोको साग र गुन्द्रुक किन्ने हो ?

तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गर्दै आएको कृषि हाटबजारमा छिम्केश्वरी लेक क्षेत्रमा उत्पादित रायोको साग र रायोको सागबाट तयार गरिएको गुन्द्रुक बेच्दै एक महिला । गाउँपालिकाले प्रत्येक महिनाको सोमबार र शुक्रबार कृषि हाटबजार सञ्चालन गरी स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज एकीकृत ढंगले बिक्रीवितरणको थलोको रुपमा विकास गरेको छ ।

हाटबजारले कृषकले आफ्नो उत्पादन सहज रुपमा बिक्रीवितरण गरी राम्रो आम्दानी लिने र उपभोक्ताले विचौलियासंग नभई प्रत्यक्ष रुपमा किसानसंग स्थानीय रैथाने कृषि उपज खरिद गर्ने माध्यम बनेको छ । तस्विर : भञ्ज्याङ










