विद्यार्थीको साँस्कृतिक नृत्य

निजी विद्यालयको छाता संस्था एनप्याब्सन तनहुँले दमौलीमा सञ्चालन गरेको दशौं खेलकुद महोत्सव उद्घाटन समारोहका अवसरमा गरेको प्रभातफेरीमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर नृत्य प्रस्तुत गर्दै विद्यार्थीहरु । विद्यार्थीमा रहेका प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यसहित आयोजित खेलकुद महोत्सवमा एनप्याब्सनसँग आबद्ध २७ विद्यालयको सहभागिता रहेको छ । शनिबारसम्म सञ्चालन भएको महोत्सवमा २२ विधामा पाँच सय भन्दा बढी विद्यार्थीले प्रतिस्पर्धा गराइएको छ । खेलकुद महोत्सवमा एथलेटिक्सतर्फ एक सय मिटर, दुइ सय मिटर, चार सय मिटर, आठ सय मिटर दौड, लङजम्प, हाइजम्प, सटपुट र भलिबल खेलमा प्रतिस्पर्धा गरिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










