तनहुँमा नौ जना सडक मानवको उद्धार

सडकमा कष्टकर जीवन बिताइरहेका नौ जनाको तनहुँबाट उद्धार गरिएको छ । जिल्लाको व्यास नगरपालिकाबाट पाँच र शुक्लागण्डकी नगरपालिकाबाट चार सडक मानवको मानव सेवा आश्रम कास्की शाखाले उद्धार गरेको हो ।

स्थानीय तह र डिसु नेपालको सहयोगमा आश्रमले शुक्रबार व्यास र शनिबार शुक्लागण्डकीबाट उद्धार गरेको जनाएको छ । यतिबेला सडक मानवमुक्त बनाउन मानव सेवा आश्रमले मेची–महाकाली उद्धार अभियान चलाएको अभियानकर्मी राजन सापकोटाले जानकारी दिनुभयो । यो अभियान पुस ७ गते शुरु भएको थियो भने माघ ७ मा सकिनेछ । सापकोटाका अनुसार गण्डकीमा पनि सहाराविहीन सडक मानवको उद्धार अभियान जारी छ । “खाना, नाना र छानाको अभावमा तड्पिरहेकालाई उद्धार गरिरहेका छौँ”, उहाँले भन्नुभयो । कास्कीको छोरेपाटनमा रहेको मानव सेवा आश्रममा हाल १२८ जनाले आश्रय पाएका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker