गुरुङ समुदायको सती घाटु

गुरुङ समुदायमा अति प्रचलित सती घाटु समापन गर्दै ब्यास नगर तमु सुधार आमा समुह । आमा समुहले बैशाख पूर्णिमाको अबसरमा नाचिएको सती घाटुका गीत गाउनेहरुलाई गुरु बा गुरु आमा भनेर सम्बोधन गरिन्छ । राजा परशुराम र रानी यम्फवतिको वियोगान्त कथामा आधारित सती घाटुमा संस्कृतिकर्मीहरुका अनुसार कथाको आधारमा ९ डाडी, ३६ काण्ड र ७२ चरणमा नचाईन्छ । मर्मका आधारमा १ र कर्मका आधारमा ४ प्रकारका घाटु मध्य तनहुँमा प्रायः गुरुङ समुदायको बसोवास रहेको स्थानमा सती घाटु मात्रै नचाईएको पाईन्छ । घाटुका बारेमा आ-आफ्नै तर्कहरु भएपनि सती घाटुको वास्तविक कथनी भने अहिलेसम्म बाहिर नआएको घाटुको बारेमा अनुसन्धान गरिरहेका संस्कृतिकर्मीहरुको भनाइ छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker