रामज्योति बोर्डिङ स्कुलले फुटबल प्रतियोगिता गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

व्यास नगरपालिका-४ स्थित सिमलटारमा रहेको रामज्योति बोर्डिङ स्कुलले ७ए साइड अन्तर विद्यालय फुटबल प्रतियोगिता गर्ने भएको छ । व्यास-१३ स्थित वेलवासको खेलमैदानमा विहीबारदेखि प्रतियोगिता सञ्चालन गर्ने विद्यालय संचालन समितिकी अध्यक्ष वसुन्धरा घर्तीले बताइन् ।

प्रतियोगितामा विजेताले नगद १५ हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र्सवाधिक गोलकर्ता र म्यान अफ दि म्याचलाई मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रिन्सिपल बिपिन गौलीले बताए ।

विद्यालयका अनुसार प्रतियोगिताका लागि टिम दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगितामा व्यास नगरपालिका भित्रका १३ टिम सहभागी रहेको जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि २०६५ सालमा जन्मेको र कक्षा ८ मा पढेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker