गुणादीबासीले दमौलीलाई पानी पठाए, नेता पौडेलले गरे क्षमायाचना

भञ्ज्याङ न्यूज

दमौली बजार क्षेत्रमा वितरण हुँदै आएको खानेपानी सुचारु भएको छ । म्याग्दे गाउँपालिका-१ गुणादीबाट ल्याई दमौलीमा वितरण गर्दै आइएको पानी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर स्थानीय मुहानमा पानी बन्द गराएका थिए ।

गुणादीको पानीका विषयमा वरिष्ठ नेता पौडेलले व्यक्त गरेको अभिव्यक्तिका कारण बन्द गरिएको पानीको मुहान मंगलबार साँझबाट सुचारु हो। वरिष्ठ नेता पौडेलले मंगलबार नै विज्ञप्ती प्रकाशित गरी क्षमायाचना गरेपछि दमौलीलाई गुणादीबासीले पानी पठाएका छन् ।

नेता पौडेलले गुणादीको पानी खाएर दमौलीवासी पहिला रोगी थिए, दमौली खानेपानी योजना सञ्चालन भएपछि सबै निरोगी भएका छन् भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित स्थानीय युवाले शनिबारदेखि दमौली ल्याइएको पानी बन्द गरिदिएका थिए । नेता पौडेलको उक्त अभिव्यक्ति सच्याएर माफी नमागेसम्म पानी नखोल्ने स्थानीयले अडान लिएपछि दमौलीमा खानेपानी अभाव देखिएको थियो ।

दमौलीको बजार क्षेत्रमा खानेपानी समस्या देखिन थालेपछि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास-२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, दमौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष वृषराज श्रेष्ठ र स्थानीयवासीबीच मंगलबार साँझ वार्ता गरी पानी खोल्ने वातावरण बनाइएको थियो । त्यसक्रममा नगरप्रमुख न्यौपानेले यस ठाउँमा पूर्वाधार निर्माणका लागि नगरपालिकाको तर्फाट तत्कालै पाँच लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गुणादी वाराहीको समग्र विकासका लागि गुरुयोजना बनाउने सहमति भएको छ । त्यसका लागि व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाले सहकार्य गर्ने सहमति भएको स्थानीय युवा अनिल अधिकारीले बताए ।

उनले भने, ‘पानीको विषयमा वरिष्ठ नेता पौडेलबाट आएको अभिव्यक्तिमा उहाँले माफी मागेको र तीन दिनदेखि पानी बन्द गर्दा दमौलीवासीलाई पनि अप्ठ्यारो परेकाले पानी सुचारु गराएका हौं।’

सहमतिमा तत्कालै ब्यास नगरपालिकाले ५ लाख पूर्वाधार निर्माणको लागि सहयोग गर्ने, थप गुरूयोजनाको लागि व्यास नगरपालिका र म्याग्दे गाउँपालिका बाट एक/एक जना प्राविधिक खटाउने, शिव मन्दिर स्थानान्तरण गर्ने, मन्दिर जाने बाटो, रेलिङ तथा २०० जना अट्ने ट्रस्ट निर्माण गर्ने र समुदायले खानेपानीका लागि पहिलेकै र्सत अनुसार तीनवटा ढुङ्गे धारा बनाउने रहेको म्याग्दे-१ का निबर्तमान वडा अध्यक्ष शिवसरण वाग्लेले बताए ।

यस्तै, नेता पौडेलले आफ्नो भनाईलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या गरिदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु भनेका छन् । उनले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् ।

नेता पौडेलले मंगलबार प्रेस विज्ञप्ती जारी गरी आफ्नो भनाईलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्या सहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गरेका छन् ।

उनले भनेका छन्, ‘गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ । त्यस अघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या (अपुग) थियो ।

दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रति पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्द पानी पाइरहेका छन् ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker