तनहुँको म्याग्दे गाउँपालिकाको प्रवक्तामा वाग्ले चयन
भञ्ज्याङ समाचारदाता/म्याग्दे

म्याग्दे गाउँपालिकाको प्रवक्तामा मणिभद्र वाग्ले चयन भएका छन् । गाउँपालिकाले वाग्लेलाई प्रवक्तामा चयन गरेको हो ।
लामो समयदेखि प्रवक्ता चयन हुन नसकेको म्याग्देमा मंगलबार वडा नं. १ वडा अध्यक्ष समेत रहेका वाग्लेलाई चयन गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वाग्लेलाई कार्यपालिका र गाउँसभाका निर्णय सार्वजनिक गर्ने जिम्मेवारी सहितको पत्र दिएका थिए ।










