शुक्लागण्डकीको कालिमर्‍याङ्गमा ‘माघे संक्रान्ति कप’ भलिबल प्रतियोगिता हुने

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी वडा नं. ३, कालिमर्‍याङ्गमा माघे संक्रान्ति कप २०७७ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कालिमर्‍याङ्गमा हरेक बर्ष मगरहरुको महान् पर्व माघे संक्रान्तिको अवसर पारी शुद्ध गाउँ तथा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुदै आएको छ ।

वडा कार्यालयको सहकार्यमा आठौं संस्करणको प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको विजेतालाई नगद ४० हजार र उप विजेतालाई २५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

त्यस्तै तेस्रो र चौथो हुनेलाई पनि क्रमशः १५ हजार र ५ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक इन्द्र विकले बताए । टिम दर्ताका लागि ४ हजार रुपैयाँ राखिएको संयोजक विकले बताए ।

सोही अवसरमा रमाइलो खेल घैटो फुर्टाई र म्युजिकल चियर प्रतियोगिता पनि गराइने आयोजकले जनाएको छ । विजेतालाई आकर्ष पुरस्कार प्रदान गरिने भएको छ ।

कोरोनाका कारण ठप्प रहेको खेल गतिविधिलाई चलायमान बनाई दक्ष खेलाडी उत्पादन र खेलाडीबीच मैत्रीभाव जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष राजकुमार आलेले बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च अनुमान गरिएको छ । वडा कार्यालयले १ लाख बजेट विनियोजन गरेको छ भने बाँकी रकम स्थानीय टोलवासी, उद्योगी व्यवसायीहरुसंग सहकार्य गरेर जुटाउने अध्यक्ष आलेले बताए ।

वडाध्यक्ष रामकुमार श्रेष्ठले खेलकुदलाई वडाले महत्व दिएको बताए । उनले खेलकुदको विकासका लागि बर्षोनी बजेट विनियोजन गर्दै युवाहरुलाई खेलकुदमा आकषिर्त गर्ने प्रयास थालिएको बताउँदै खेलकुदबाट पनि वडा चिनाउने योजना रहेको सुनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker