नेपाल शिक्षक संघ भानुमा पण्डित सर्वसम्मत चयन

भञ्ज्याङ न्यूज

नेपाल शिक्षक संघ भानु नगर कार्य समितिको चौंथो प्रतिनिधी सभा तथा दोस्रो अधिवेशनले ज्ञानेन्द्र पण्डितको नेतृत्व नयाँ कार्यसमिति चयन गरेको छ । गत माघ २१ गते अध्यक्षमा ज्ञानेन्द्र पंडित, रविन्द्रराज जोशी, गोविन्द भट्टराइ र गोविन्द खड्काको गरी ४ जनाको उम्मेदवारी परेको थियो। उम्मेदवारहरु बीच सहमति जुटेपछि पण्डितलाई अध्यक्षमा र्सवसम्मत चयन गरिएको हो ।

संघको उपाध्यक्षमा विष्णुहरी पाण्डे र्सवसम्मत चयन भएका छन्। दिनेश थापा र हरिश्चन्द्र अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे उपाध्यक्ष र्सवसम्मत भएका हुन् । महिला उपाध्यक्षमा अमृता ढुँगना, सचिवमा केशवराज कोईराला र्सवसम्मत निर्वाचित भएका छन् । आशबहादुर घिमिरे, दिनेश गौतम र नारायण बहादुर बसेलले र्सवसम्मत जुटाएपछि कोईराला सचिवमा चयन भएका हुन । सचिव अर्थमा अबिन परियार, त्यसैगरी सह-सचिवमा सन्तबहादुर नेपाली, सहसचिव महिलामा अनिता श्रेष्ठ, सह-सचिव अर्थमा दयाराम पौडेल, सह-सचिव समावेशीमा प्रेमप्रकाश ठकुल्ला चयन भएका छन् ।

निर्वाचन समतिका संयोजक दिवाकर घिमिरेका अनुसार वडा नं १ को संयोजकमा टेकराज न्यौपाने, २ को संयोजकमा लक्ष्मी अधिकारी त्रिपाठी, ३ मा रामबाबु लौडारी, ४ मा राजाराम पौडेल, ५ मा नुरचन्द्र थापा, ६ मा कमला कुमारी थापा, ७ मा तुलसीराम गौतम, ८ मा शंकर बराकोटी, ९ मा फूलकुमारी पाण्डे, १० मा प्रेम कुमारी गुरुङ, ११ मा देवीमाया तामाङ, १२ मा महेश अधिकारी र वडा नं १३ को संयोजकमा कमल गुरुङ चयन भएका छन् ।

यस्तै, नगर सदस्यका लागि कमला सुवेदी, चिना कुमारी कार्की, सुमित्रा देवी पौडेल, चित्र बहादुर नेपाली, रविन्द्र अधिकारी, शंकर न्यौपाने र सुर्यभक्त भट्टराइ यस अघि नै चयन भएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker