भिमाद स्थित जनज्योति क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता

भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित प्रतियोगितामा ९ जना विद्यार्थी सहभागि भएका थिए ।
‘वातावरण प्रदुषणले वन्यजन्तुमा पारेको प्रभाव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा बि.एड् प्रथम बर्षकी छात्रा रिता आले प्रथम, बि.एड् चौथो बर्षका मिलन रिजाल द्वितीय, बि.बि.एस् तृतीय बर्षका तुलप्रसाद श्रेष्ठ तृतीय र बि.बि.एस द्वितीय बर्षकी सपना लम्सालले सान्त्वना स्थान हासिल गरेका छन् ।
क्याम्पस प्रमुख केशबराज काफ्लेको प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रमको अध्यक्षता सहायक क्याम्पस प्रमुख तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिवदत्त चापागाईंले गरेका थिए । यस्तै, क्याम्पसमा शैक्षिक वर्ष २०८०/०८१ अन्तर्गत बि.बि.एस प्रथम बर्ष र बि.एड. प्रथम बर्षमा नव प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker