तनहुँको बन्दिपुर -१ मा आयोजित सातौं छपेली कपको उपाधि अकला गामबेसीले उचाल्यो

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-१ पिप्लेमा आयोजित सातौं छपेली खुला सेभेन-ए-साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि अकला गामबेसी युवा क्लबले हात पार्न सफल भयो । प्रतियोगिताको विजेता बनेसंगै अकला गामबेसीले १ लाख रुपैयाँ नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । गत पौष १६ गतेबाट सञ्चालन गरिएको सेभेन-ए-साइड फुटबल प्रतियोगिताको उपविजेता भानु नगरपालिका-१ स्थित न्यू बुद्ध युवा क्लब बनेको छ ।

उपविजेता भएसँगै न्यू बुद्धले ५० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । अकला गामबेसी र न्यू बुद्ध बीच भएको फाइनल खेलमा दुबै पक्षबाट गोल हुन नसकेपछि ट्र्राईब्रेकरमा चारका विरुद्ध पाँच गोलले अकला गामबेसी वजयी भएको थियो ।

यसैगरी ३० वर्षभन्दा माथिको फुटबल खेलमा सिद्ध गुफा युवा क्लब विजयी भएको छ भने छपेली युवा क्लब उपविजेता बनेको छ । विजयी भएसँगै सिद्ध गुफा युवा क्लबले खसी हात पारेको छ भने उपविजेता छपेली युवा क्लबले बोका हात पारेको छ । त्यस्तै, महिलाहरूको फुटबल खेलमा सालबिस्ने युवा क्लबको टोली प्रथम भएको छ । प्रतियोगितामा छपेली युवा क्लब द्धितीय भएको छ ।

प्रथम भए सँगै सालबिस्नेले नगद ५ हजार र द्धितीय भएको छपेलीले ३ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा अनुशाशित विधामा ढुकुर्दी युवा क्लबले पुरस्कार हात पारेको छ । वेस्ट किपर तर्फ अकला गामवेसी क्लबका सन्तोष भण्डारीले पुरस्कार हात पारेको छन । वेस्ट डिफेन्स तर्फ गामवेसीकै निशान थापा मगरर वेस्ट प्लेयर तर्फ न्यू बुद्ध युवा क्लबका सन्तोष गुरुङले पुरस्कृत भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्दै गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर चुमानले स्वास्थ्य र अनुशानका लागि खेल अपरिहार्य रहेको बताए । उनले युवाहरुलाई सामाजिक क्षेत्रसंगै खेलकुदका क्षेत्रमा पनि अगाडि बढ्न आग्रह गरे । छपेली युवा क्लबका अध्यक्ष दल सिंह थापाको सभापतित्वमा आयोजित पुरस्कार वितरण समारोहमा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय सदस्य हेमराज लामिछाने तथा जग्गादाताहरुले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यस्तै, उक्त अवसरमा खेल मैदानलाई जग्गा दान गर्ने जग्गा दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा खुल्ला तर्फ २४ समुह, ३० वर्षभन्दा माथिको टिममा १६ समुह र महिला तर्फ जम्मा २ समुहको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker