अस्पताल निर्माणमा नगरपालिकाले असहयोग गरेको भन्दै ज्ञापनपत्र

  • भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ स्वास्थ्य चौकी व्यवस्थापन समिति राइपुर, विसौना र स्थानीयवासीहरुले नगरपालिकाका नगरप्रमुख किसान गुरुङलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारको एक स्थानीय तहमा १५ शैय्याको स्वास्थ्य चौकी निर्माण गर्ने योजना अन्तरगत मन्त्रीस्तरीय बैठकले निर्णय गरेको थियो । उक्त निर्णय अनुसार शुक्लागण्डकी-११ राइपुर विसौनामा अस्पतालको शिलान्यास गरिएपनि अस्पतालको पूर्वाधार निर्माणमा नगरपालिकाबाट असहयोग भएको भन्दै स्थानीयवासीहरुले नयाँ भवन बनाउन छिटो टेण्डर प्रक्रिया अगाडी बर्ढाई तत्काल काम शुरु गर्ने वातावरण बनाइदिन ध्यानाकर्षण सहित नगरप्रमुख गुरुङलाई ज्ञापनपत्र बुझएका हुन् ।

पटक पटक कार्यपालिका बैठकबाट गरिएका स्थानीयवासीको हक अधिकार विस्थापित गर्ने निर्णयप्रति आफुहरुको असहमति रहेको ज्ञानपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गुरुङले पहुँचको आधारमा भन्दा सबै नगरवासीको पहुँचमा हुने गरी अस्पताल निर्माण हुनुपर्ने बताए । उनले वडामा सञ्चालित आधारभुत स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्नतर्फ केन्द्रित हुन आग्रह गर्दै सबै वडाहरुको पहुँच हुने गरी अस्पताललाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख गुरुङले भवन निर्माणका लागि केन्द्रबाट सहयोग प्राप्त भएपनि अस्पताल सञ्चालनका लागि स्वास्थ्य विभाग तथा स्वास्थ्य मन्त्रालय कहीबाट पनि श्रोत र साधन उपलब्ध नहुने र नगरपालिकाकै आन्तरिक श्रोतबाट व्यवस्थापन गर्नुपर्ने अवस्था आउने बताउँदै नगरपालिकाले त्यो खर्च धान्न नसक्ने बताउँदै नगरप्रमुख गुरुङले यदि नगरसभाले राइपुरवासीको मागलाई अनुमोदन गर्छ भने आफ्नो कुनै आपत्ति नभएको बताएका छन् ।

तर नगरसभामा यो प्रस्ताव लैजादै गर्दा नगरप्रमुख गुरुङले नगरका १२ वडालाई छोराछोरीको रुपमा इंकित गर्दै १२ वटै वडावासीलाई चित्त बुझ्ने गरी निर्णय गर्नुपर्ने दायित्व आफुसंग रहेको उल्लेख गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker