आमा-छोरीको हत्या, छोरी पंखामा झुन्डिएको र आमा आगनमा मृत फेला

जनकपुरधाम । रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा-छोरीको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ ।

स्थानीय २४ वर्षीया कविता देवी साह र उनकी अन्दाजी २ वर्षीया छोरी रोही कुमारी साहको हत्या भएको हो । प्रहरी आज बिहान घटनास्थल पुगेर अनुसन्धान गरिरहेका छन् ।

छोरी रोहीको शव घरको पंखामा झुन्डिएको अवस्थामा र आमा कविताको शव आगनमा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

कविताको श्रीमान् वीरेन्द्र कुमार साह घटनापछि सम्पर्क विहीन भएका छन् । घटना पश्चात् भागेका वीरेन्द्रले नै श्रीमती र छोरीको हत्या गरेको स्थानीयको अनुमान छ ।

डिएसपी यादवले घटना शंकास्पद देखिएको र थप अनुसन्धान गरिरहेको बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि अस्पताल लगिने तयारी भइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker