४१औं मगर दिवस

४१औं मगर दिवसका अवसरमा तनहुँको दमौलीमा निकालिएको साँस्कृतिक झाँकीमा नृत्य प्रस्तुत गर्दै मगर समुदायका महिलाहरु । तनहुँका १० वटै पालिकामा मगर समुदायले विविध कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । यस्तै दिवसका अवसरमा तनहुँका भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, बन्दिपुर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएका थिए ।

तस्विर : भञ्ज्याङ










