भानुमा भूमि सम्बन्धी समस्या समाधानका लागि अभिमुखिकरण

  • डिपी अधिकारी (भानु)

तनहुँको भानु नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिले भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको सहकार्यमा अभिमुखीकरण कार्यक्रम गरेको छ । भुमिहिन, सुकुम्बासी तथा अब्यवस्थित बसोबासी समाधान आयोगका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजक एकबहादुर रानाले अहिलेको आयोग पहिलेको जस्तो सरकार परिवर्तन हुने बित्तिकै विघटन हुने आयोग नभएकाले भूमि सम्बन्धी समस्याको समाधान छिट्टै हुने बताए। उनले आयोगले काम गरेको देशका १९३ पालिकाका जनतालाई आगामी जेठ महिना भित्रै लालपूर्जा वितरण गरिसक्ने बताएका छन् ।

भानु नगरपालिकामा वडास्तरमा समेत सहजीकरण समिति निर्माण भैसकेकाले काम छिटो हुने दाबी गर्दै सदस्य रानाले यसका लागि जनताले आयोगको केन्द्रीय समितिमा घच्घच्याउनु पर्ने सुझाएका छन् ।

कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले पञ्चायती ब्यबस्थादेखि हालसम्म भूमि सम्बन्धी समस्या ज्यूँकात्यूँ रहेको बताए । उनले भूमि सम्बन्धी समस्या चुनावी नारा मात्र बन्दै आएको र यस पटक भने जनताको हातहातमा लालपूर्जा पाउने आशा जगाएको बताए । नगरप्रमुख गौलीले आयोगले निष्पक्ष तरिकाले काम गर्ने विश्वास दिलाउँदै हालका जनप्रतिनिधिको अवसर र चुनौती रहेकाले सबै सचेत भएर काम गर्न आग्रह गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker