तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँ जिल्ला फुटबल संघ -एन्फा)ले मंगलबारबाट तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता सुरु गरेको छ । संघले भिमादस्थित रंगशालामा सञ्चालन गरेको लिगको शुभारम्भ गर्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले खेलकुदले शारीरिकसँगै मानसिक विकासमा सहयोग पुग्ने बताए ।

भिमाद नगरपालिकाको रंगशालामा लिग सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरप्रमुख थापाले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो साथ र सहकार्य गरेको चर्चा गर्दै युवाहरुलाई खेल क्षेत्रमा सक्रिय बन्न आग्रह समेत गरे ।

लिग शुभारम्भ समारोहमा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले खेलकुदले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान गराएको चर्चा गर्दै सफलताको शुभकामना व्यक्त गरे ।

संघका अध्यक्ष रत्नकुमार श्रेष्ठले दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्य सहित लिग प्रतियोगिता आयोजना गरिएको बताउँदै राज्यले खेल क्षेत्रको विकासमा जुनरुपले साथ र लगानि गर्नुपथ्र्यो त्यो नभएको गुनासो गरे ।

यस्तै, लिगको पहिलो दिन दुइ खेल सम्पन्न भएका छन् । आँबुखैरेनी गाउँपालिकास्थित पुलजीप युवा क्लव र भिमाद युवा क्लवबीच भएको पहिलो खेल बराबरीमा सकिएको छ । निर्धारित समयमा दुबै क्लवबाट गोल हुन नसकेपछि एक/एक अंक बाँडेका छन् ।

दोस्रो खेल बन्दिपुर गाउँपालिकास्थित अजम्बरी युवा क्लव र आँबुखैरेनी गाउँपालिकास्थित अकला क्लवबीच भएकामा अजम्बरी विजयी भएको छ । खेलमा अजम्बरीले २ गोल गरेको थियो । ९ नम्बर जर्सीका मानसिं घले र १९ नम्बरका लक्षु मगरले एक/एक गोल गरेका थिए। जितसँगै अजम्बरीले ३ अंक प्राप्त गरेको छ ।

फागुन ४ गते हैरान्स क्लव र दोभान क्लव, खैरेनीटार युवा क्लव र नवमित्रता युवा क्लब, अजम्बरी युवा क्लव र मर्स्याङ्दी क्लवबीच खेल हुनेछ । फागुन ५ गते पुलजीप क्लव र अलस्टार क्लव, अकला क्लव र हैरान्स क्लब, भीमाद युवा क्लव र खैरेनीटार क्लवबीच खेल हुने बताइएको छ ।

फागुन ६ गते दोभान क्लव र मर्स्याङ्दी क्लव, नवमित्रता क्लव र अलस्टार क्लव, अजम्बरी र हैरान्सबीच खेल हुनेछ । फागुन ७ गते पुलजीप क्लव र खैरेनीटार क्लव, अकला क्लव र दोभान क्लव, भीमाद क्लव र नवमित्रता क्लवबीच खेल हुनेछ ।

फागुन ८ गते अकला र मर्स्याङ्दी क्लव, भीमाद र अलस्टार क्लव, अजम्बरी र दोभान क्लवबीच खेल हुनेछ भने फागुन ९ गते पुलजीप र नवमित्रता क्लव, हैरान्स र मर्स्याङ्दी क्लव र खैरेनीटार र अलस्टार क्लबबीच खेल हुने संघका उपमहासचिव टिकाराम पनेरुले बताए ।

उपसचिव पनेरुका अनुसार युवा क्लव भिमादको सहआयोजनामा सुरु प्रतियोगितामा प्रथम हुनेलाई नगद एक लाख रुपैयाँ र द्वितीय हुनेलाई नगद ५० हजार रुपैयाँ र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । एन्फासँग आबद्ध भएर प्रतियोगितामा सहभागिता जनाएका दश वटा क्लवलाई १५ हजार रुपैयाँका दरले प्रदान गरिने आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker