तनहुँको भानु -१ का भुमिहिन सुकुम्बासीहरुलाई निस्सा वितरण शुरु

डिपी अधिकारी/भानु

तनहुँको भानु नगरपालिका-१ नयाँबस्तीका रामबहादुर परियारमा हिंजो अस्तीको जस्तो मलिन अनुहार छैन् । आज हातमा जग्गाको निस्सा पाउँदा उनि निकै खुसी देखिन्थे । वर्षौदेखि भोग चलन गर्दै आएको जग्गाको जग्गाधनी प्रमाण पुर्जा पाउनका लागि दर्ता गरेको निवेदनको निस्सा पाएपछि उनलाई अब भने जग्गाको लालपूर्जा पाउँछु कि भन्ने आशा जगाएको छ ।

‘अब त बल्ल ढुक्क भयो, आज यति खुशी लागेको छ कि मेरो त भैंमा खुट्टा छैन् । बरु लालपूर्जा नि छ्रि्रै दिए हुन्थ्यो’, उनले भने, ‘बुबा नरबहादुर, हजुरबुबा पुड्के र जिजु हजुरबुबा जब्बरेले पनि आफ्नो हातमा पूर्जा लिन नपाएको तर आफू भाग्यमानी भएकै कारण आल निस्सासम्म भनेपनि हातपरेको छ । आफ्नो परिवारमा चारपुस्ता पछि लालपूर्जा पाउने नजिक पुग्दा खुसी लागेको छ ।’

आप\mनो नाममा जग्गा नभएपछि २०२२ सालमा भानु नगरपालिका-१ नयाँबस्तीमा बुबा नरबहादुर परियार बर्साईं सरी आएपछि करिब छ दशकमा बल्ल लालपूर्जाको आश जागेको हो । हुन त सुकुम्बासीलाई जग्गा वितरण गर्न पटक पटक आयोग बने तर कसैको ध्यान भानुको नयाँबस्तीमा पुग्न सकेको थिएन ।

‘जग्गा मिल्ने आशामा कैयौं पटक आन्दोलनमा गएको, कैयौं पटक राजनीतिक पार्टीको सभामा सहभागी भएको हिंजो जस्तै लाग्छ’, उनले भने, ‘आफु बसोबासका लागि अन्दाजी १ रोपनी र कृषिका लागि अन्दाजी ५ रोपनी जग्गाको लागि निवेदन दर्ता गरेको छु ।’

बिहान पत्रिका वितरण गर्ने र दिउँसो ज्याला मजदुरी गरी जिविका चलाउँदै आएका रामबहादुरलाई जग्गामा आफ्नो अधिकार हुने र कसैले उठेर जाउँ भन्न नसक्ने भएपछि आफ्नै बारीमा खनिखोस्री गरेर परिवार पाल्ने योजना बनाएको उनले सुनाए ।

यस्तै भानु-१ कै ८० वर्षीय डिल कुमारी राना पनि भोगचलान गर्दै आएको जग्गाको निस्सा पाएपछि दंग पर्दै डरैडरमा बस्नु परिरहेकोमा अब त लालपूर्जा पाइन्छ कि भन्ने आशा जगाएको बताउँछिन् । यसैगरी सोही ठाउँकै महादेव दमै पनि वर्षौसम्म भोगचलन गरेको जग्गाको निस्सा पाएपछि खुसी हुँदै छिटो रातो पूर्जा वितरण गर्न आग्रह गरे ।

भुमिहिन सुकुम्बासीहरुलाई निस्सा वितरण गर्दै भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबासीको समस्या समाधान गर्ने जनप्रतिनिधिहरुको अबको प्राथमिकताको काम भएको बताए । सुकुम्बासी समाधान आयोगसंग सहकार्य गरी जतिसक्दो छिटो हात-हातमा लालपूर्जा वितरण गर्न नगरपालिका लागि परिरहेकाले अन्य वडाहरुमा पनि छिट्टै निस्सा वितरण गर्ने बताए ।

भानु नगरपालिका-१ की वडाअध्यक्ष कान्छिमाया तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाकी उपमेयर उमा गोतामेले जनताको हितका लागि नगरपालिका सदैब काम गर्ने भन्दै कुनै पनि जनसरोकारका विषयमा आफू सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता जनाइन् ।

भानु-१ ले बुधबार १३० जना मध्ये ११७ जना भुमिहिन सुकुम्बासीहरुलाई निस्सा वितरण गरेको छ भने विहीबार अब्यवस्थित बसोबासीहरु ५४६ मध्ये ४६९ लाई निस्सा वितरण गर्ने तयारी गरेको वडा सदस्य विबेक श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker