उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक अलपत्र

भञ्ज्याङ समाचारदाता/लमजुङ

पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पुर्‍याउने अभियानअन्तर्गत् अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।

पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटो लगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ । गत असारपछि सडक निर्माणको काम ठप्प हुँदै आएको छ । ठेकेदारले रोकिएको कामलाई केहि दिनमा निरन्तरता दिने बताएको उहाँको भनाइ छ ।

निमित्त प्रमुख सिग्देल भन्नुहुन्छ, “निर्धारित समयमा काम पनि हुनसकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ । सडक अलपत्र रहदा बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ । हिउँदामा घर अगाडि धुलो आएर घर तथा मान्छे पनि नचिनिने हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी इश्वरराज सेडाइँ भन्नुहुन्छ, “सडक बनेको ठाउँ पनि भत्किन थालेको छ, सडकमा विच्छयाएको ढुङ्गा सवारी साधन गुडाउँदा उछिटिन्छ र दुर्घटना हुने जोखिम हुन्छ।

जिल्लाको सदरमुकाम बेँसीसहर जान होस् वा पालिका केन्द्र पुग्नलाई सडकका कारण सास्ती हुनेगरे पनि सम्बन्धित निकायाको ध्यान पुग्न सकेको देखिदैँन । गाउँपालिका अध्यक्ष युवराज अधिकारी नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताउनुुहन्छ ।

निर्माणकार्य ठप्प हुँदा झ्न बढी स्थानीयवासीलाई समस्या उत्पन्न भइरहेकाले आफैले सम्बन्धित निकायलाई ताकेता गर्दै आएको उहाँको भनाइ छ । पूर्वाधार विकास कार्यालयका अनुसार ६० प्रतिशत भौतिक प्रगति भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा जिल्लाको दोर्दी गाउँपालिकाको केन्द्र जोड्न यस उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक कालोपत्र गर्न थालिएको हो । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर राजेश अधिकारीका अनुसार अझै ४० प्रतिशत भौतिक प्रगति हुन बाँकी छ । यस सडकको साँढे तीन किलोमिटरको स्टक्चरको काम सम्पन्न भइसकको छ । अन्य भागमा भने स्टक्चरलगायत काम बाँकी छ ।

त्यस्तै, ग्याबेल, ग्याबिन बाल, मेसिन वालको काम गर्न बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । सडकको बेस बसाउने काम सम्पन्न भएको छ भने पाँच किलोमिटर नाला निर्माण गरिएको छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि यससडक कोरोनाका कारण काम सुरु गर्न ढिलाइ भएको देखाएर निर्माण कम्पनीले गत पुस महिनासम्ममा निर्माणका लागि थप म्याद पाएको थियो । तर सो समय भित्र पनि निर्माण नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुनः थप म्याद मंसिर २८ गतेसम्म रहेकामा सो म्यादसमेत यतिबेला सकिएको छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले गर्दै आएको यस सडकका लागि विसं २०७७ असार ३ गते ठेक्का सम्झौता भएको थियो ।

प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुइ सय २५को लागतमा सात दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको छ । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका-१ उदिपुरदेखि दोर्दी गाउँपालिका-४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker