“प्रक्रिया मिचेर कांग्रेसले निर्णय गर्दैन, तनहुँ १ मा उम्मेदवारको टुंगो लागेको छैन”

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँ-१ मा उपनिर्वाचन तोकिएपछि उक्त क्षेत्रको नेपाली कांग्रेस क्षेत्रीय समितिले पार्टीबाट निर्वाचन लड्न शुक्रबार र शनिबार समय दिएर आकांक्षीको निवेदन माग गर्यो ।

दुइ दिनमा नेपाली कांग्रेसबाट निर्वाचन लड्न पूर्व मन्त्री, संविधानसभा सदस्यसमेत गरी १३ जनाले निवेदन दिए । क्षेत्रीय सभापति श्यामकुमार मौरातीले नाम फिर्ता लिएपछि उक्त संख्या १२ मा झर्यो ।

६ हजार शुल्क दिएर आवेदन दिएको भोलिपल्टै मिडियामा ‘तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराइलाई उम्मेदवार बनाउने’ समाचार आएपछि तनहुँ अहिले तरंगित बनेको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ-१ मा भट्टराइलाई उम्मेदवार बनाउन सहमति जुटेको भन्दै समाचार आएको थियो । तर, नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव दयानिधी नरालले गोविन्द उम्मेदवार बन्ने समाचार आधिकारिक नभएको बताएका छन् । क्षेत्रीय सचिव नरालले भने, ‘फिक्स भएको आधिकारिक हुँदै होइन, आधिकारिक त हामीले आज (सोमबार) बल्ल सिफारिस गर्दैछौं ।’

क्षेत्रीय समितिले १२ जनाकै नाम जिल्लामा सिफारिस गर्ने सचिव नरालले बताए । ‘१३ जनाले आवेदन दिनुभएको हो, क्षेत्रीय सभापतिले श्यामकुमार मौरातीले नाम फिर्ता लिनुभो, हामीले बाँकी १२ जनाकै नाम सिफारिस गर्दैछौं’, उनले भने ।

सिफारिस गर्दा पनि गोविन्दको एकल सिफारिस पठाउने अवस्था नरहने सचिव नरालको जनाए । ‘हामीले सिफारिस गर्दा पनि गोविन्दको एकल सिफारिस पठाउन सक्ने अवस्था छैन । सबैको नै पठाउनुपर्ने स्थिति देखिएको छ’, उनले भने, ‘बाह्रै जनाको नाम सिफारिस भएर जान्छ । जिल्लाले के गर्छ, त्यसपछि थाहा हुन्छ ।’

प्रक्रिया मिचेर कोही उम्मेदवारको टुंगो नलागेको कांग्रेत तनहुँका सभापति जितप्रकाश आलेले प्रतिक्रिया दिए । ‘क्षेत्रीय समितिले जिल्ला समितिलाई आफ्नो सिफारिस दिन्छ, जिल्लाले प्रदेश समितिलाई दिन्छ, प्रदेश समितिले केन्द्रमा दिन्छ, केन्द्रले निर्णय गर्छ’, उनले भने ।

कांग्रेसले प्रक्रिया मिचेर उम्मेदवारको छनोट नगरेको तनहुँ सभापति आलेले बताए । उनले भने, ‘कांग्रेसले प्रक्रिया मिचेर त्यस्तो निर्णय गर्दैन’, उम्मेदवारी छनोट प्रक्रियामै छ ।’ गोविन्द भट्टराइले मंसिर ४ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणासमेत गरेका थिए । केन्दीय कोषाध्यक्ष मनोनयन गर्ने आश्वासन पाएपछि उनी फर्किएको नेताहरु बताउँछन् । नेविसंघका पूर्व सभापतिमध्ये उनीभन्दा जुनियरले पटकपटक मौका पाउँदा पनि भट्टर्राईले आफू अन्यायमा पर्दै आएको बताउँदै आएका छन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै रिक्त बनेको उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै तनहुँ-१ को माहोल तातिए गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker