भानु–११ राम्चेका पहिराको जोखिममा रहेका परिवारलाई जग्गा

जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ । बस्ती भन्दामाथि ठूलो पहिराको जोखिममा बस्दै आएका भानु–११ राम्चेका बाह्र घरधुरीलाई सुरक्षित स्थानमा सार्न पालिकाले पहल गरेको हो ।
भूगर्भविद्, सङ्घीय सरकार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गरी बस्न योग्य नभएको प्रमाणित गरेपछि प्रक्रिया अघि बढाइएको भानु–११ का वडाध्यक्ष बिमलराज जोशीले बताउनुभयो । उक्त क्षेत्रका सोह्र घरधुरीमध्ये बाह्र घरपरिवारको अन्यत्र कुनै पनि स्थानमा जग्गा नरहेकाले जनही रू तीन लाखका दरले रू छत्तिस लाख बराबरको जग्गा खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।
“सङ्घ, प्रदेश र स्थानीय सरकारको सहभागितामा विस्थापित घरधुरीलाई जग्गा खरिद र घर निर्माण गर्न लागिएको हो”, वडाध्यक्ष जोशीले भन्नुभयो, “पहिलो चरणमा जग्गा खरिद गरेका छौँ । दोस्रो चरणमा घर बनाउने लक्ष्य राखेका छौँ । प्राविधिक रुपमा बस्न उपयुक्त मानिएको स्थानमा जग्गा खरिद गरी उक्त परिवारलाई पुनर्वासको व्यवस्था मिलाउन लागिएको नगरपालिकाले जनाएको छ ।
पहिरा प्रभावितको नाममा रजिष्टे«शन पास गरी जग्गा प्रदान गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । जग्गा खरिद गरेपनि जग्गाधनीलाई रकम बुझाउन बाँकी रहेकाले सङ्घीय सरकारमा रकम निकासाका लागि अनुरोध गरी पठाइएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ मा अघिल्ला जनप्रतिनिधिको पालामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नभएकाले अहिलेको जनप्रतिनिधिले प्राथामिकता दिएर काम गर्न थालेको हो । नगरपालिकाले विपद्बाट क्षति भएका सत्तरी जनालाई रू आठ लाख पच्चीस हजार राहत उपलब्ध गराएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र भएका स–साना विपद्का घटनामा क्षति भएकालाई उक्त सहयोग रकम प्रदान गरिएको हो ।
विपद्बाट भएका क्षतिलाई राहत उपलब्ध गराउन नगर कार्यपालिकाको बैठकले निर्णय गरी सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker