एमाले उम्मेदबार खनाल भन्छन् : तनहुँलाई विकासमा नमुना बनाउँछु

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई विकासमा नमुना बनाउने बताएका छन् ।

आफ्नो पक्षमा मत माग्दै मतदाताको घरदैलोमा पुगेका खनालले आफ्नो दिमागमा विकासको मार्गचित्र कोरिसकेको बताए। आफु काम गर्ने हुटहुटी भएर आएको भन्दै खनालले जनताको जीवनस्तर सुधार्ने, आर्थिक रुपमा जिल्लालाई समृद्ध बनाउने र विकासको काममा पनि नमुना बनाउने आफ्नो संकल्प भएको बताए ।
‘
तनहुँ जिल्ला कृषिजन्य उपजको हिसाबले, यहाँ प्रकृतिक स्रोत साधन पनि राम्रो छ । तर, प्रयोग गरिएको छैन’, उनले भने, ‘स्वास्थ्य, शिक्षा, यातायात, मल, सिँचाइका समस्या छन् । पर्यटकीय सम्भावना भएका क्षेत्र भएपनि त्यो प्रचुर मात्रामा कार्यान्वयन भएको खनालले बताए ।’

‘युवाहरुका लागि फुटबल खेल्ने ग्राउण्ड छैन’, खनालले भने ‘महिलाहरुले पाउने सामाजिक न्यायका कुरा छन् । राजधानीबाट नजिक भएको जिल्लाबाट निर्वाचित भएर गएपछि विभिन्न निकायबाट समन्वय गर्नुपर्छ र विकासमा जोड दिनुपर्छ भन्ने हो । यसका लागि म तयार छु, दृढ संकल्प पनि छ ।’

आफ्नो उद्देश्य पनि सधैं राम्रो काम गर्ने, देशका लागि राम्रो गर्ने नै भएको भन्दै खनालले तनहुँका मतदाताहरु विवेकी हुनुहुन्छ र उपयुक्त उम्मेदवारको रुपमा मलाई लिनुभएको छ भन्ने विश्वास लिएको उनले बताए । उनले भने, ‘यो क्षेत्रमा मैले विगतमा गरेको कामले पनि राम्रो गर्छ भन्ने मतदातामा विश्वास रहेको छ । विगतको रेकर्ड राम्रो भएका कारण पनि आफुलाई तनहुँबासीले सहजै स्वीकार गर्नुहुनेछ ।’

‘प्रहरीमा हुँदा देश र नागरिकका लागि खटे, लडेँ, त्यो कुरा त देख्नुभएको छ’, उनले भने, ‘अब सांसद भएर पनि केही स्वार्थ नराखी सुशासनका पक्षमा, भ्रष्टाचार र अनियमितता विरुद्ध दरिलो उपस्थिति गरिदिए हुन्थ्यो भन्ने भावना पाएँ । यी सबै अपेक्षाले पनि देखाउँछ परिणाम कस्तो हुन्छ आउँला भनेर ।’

‘अरुभन्दा फरक भनेको मैले हिजो प्रहरीमा हुँदा गरेका काम नै हुन्, प्रहरी हुँदै गर्दा जहाँ सुरक्षा त्यही दीगो विकास भन्ने कन्सेप्ट सुरु गरेको थिए’, उनले भने, ‘विकास र सुरक्षा एक अर्कोका सारथि हुन् । यसलाई संस्थागत रुपमै अगाडि बढाउनुपर्छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker