डुम्रे संस्कृतिक परिवारको अध्यक्षमा श्रेष्ठ चयन

तनहुँ बन्दीपुर गाउँपालिका–१ डुम्रेमा क्रियाशील डुम्रे संस्कृतिक परिवारको अध्यक्षमा शम्भु श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न परिवारको अधिवेशनले उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा सुरज खनाल, सह–सचिवमा अभिषेक पिया, कोषाध्यक्षमा अविजेश पिया तथा सदस्यहरूमा रोमन श्रेष्ठ, लिंकन श्रेष्ठ, प्रजुल पिया र विस्मिता तामाङ सर्वसम्मत चयन गरेको छ।
परिवारका अध्यक्ष बिक्की गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको परिवारका सदस्य राम जोशीले जानकारी गराए ।










