व्यासको व्यवसाय कर चर्को भयो, तिर्न सक्दैनौ : होटल व्यवसायी

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका होटल व्यवसायीले व्यास नगरपालिकाले लिने गरेको व्यवसाय कर चर्को भएको भन्दै विरोध जनाएका छन् । तनहुँ होटल व्यवसायी संघले आर्थिक मन्दीका बेला पनि नगरपालिकाले चर्को कर असुलेको भन्दै तिर्न नसक्ने जनाएका छन् ।

दमौलीका होटल व्यवसायीहरुको सोमबार बसेको बैठकले व्यवसाय कर अत्याधिक भएको र आर्थिक मन्दीका कारण तिर्न गाह्रो भएको निष्कर्ष निकालेको छ । व्यवसाय कर चर्को हुनुका साथै फरक-फरक पाइएकोले पुरानै कर कायम गर्न आग्रह गरिएको संघका अध्यक्ष दुर्गाविलास भट्टराइले बताए । नगरपालिकाले करमा पुनःविचार नगरेसम्म संघले अर्को सूचना जारी नभइन्जेल कर नतिर्ने निर्णय गरिएको अध्यक्ष भट्टराइले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker