विरामीको स्वास्थ्य परीक्षण

तनहुँको दमौली स्थित दमौली अस्पतालको इमरजेन्सी वर्डमा विरामीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक । तनहुँमा डेंगु ज्वरोका विरामी हृवात्तै बढेसंगै स्वास्थ्य संस्थामा अहिले विरामीको चाप बढेको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँमा ३ हजार ६०२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यी मध्ये दमौली बजार क्षेत्रका मात्रै ३ हजार ५८ जना संक्रमित रहेका छन् । तस्विर : भञ्ज्याङ










