घिरिङमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

तनहुँको घिरिङ गाउँपालिकाको वडा नं. ३ बाटै सर्वसाधारणलाई राष्ट्रिय परिचयपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा ।

जिल्ला प्रशासन कार्यालयमा अनलाइन फोटो खिचाएका ब्यक्तिहरुको परिचयपत्र मंगलबारबाट गाउँपालिकाले वडाबाटै वितरण कार्य सुरु गरेको छ । यस्तै, जिल्लाका दशवटै पालिकाले पनि राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेका छन् । तस्विर : भञ्ज्याङ










