निर्वाचित जनप्रतिनिधिले अधिनायकवादी चरित्र देखाए : कांग्रेस तनहुँ (विज्ञप्ति सहित)

भञ्ज्याङ न्यूज (दमौली)

नेपाली कांग्रेस तनहुँले निर्वाचित जनप्रतिनिधिले अधिनायकवादी चरित्र देखाएको आरोप लगाएको छ । शनिबार पार्टी सचिव विश्व बास्तोलाले एक प्रेस विज्ञप्ति जारी गर्दै व्यास नगरपालिका अन्तर्गतको वुल्दिखोला पुल उद्घाटनलाई लिएर वर्तमान सरकारले देखाएको अधिनायकवादी र सर्वसत्तावादी चरित्र अन्ततोगत्वा लोकतान्त्रिक चरित्र सामु टिक्न सकेन भनिएको छ ।

पुल उद्घाटन जस्तो सामान्य विषयसंग जोडिएर यस बीचमा जे जस्तो घटना घट्यो त्यसले लोकतन्त्र र विधिको शासनको धज्जी उडाएको जारी विज्ञप्तिमा भनिएको छ । उक्त घटनामा वर्तमान ओली सरकार र त्यसका स्थानिय प्रतिनिधिहरु पुर्णतः जिम्मेवार रहेको भनिएको छ ।

विज्ञप्तिमा तनहुँ जिल्लाको राजनीतिक यथार्थतालाई नबुझेकाहरुले आफ्नो कर्तव्यलाई बिर्सेर विवेक गुमाउँदाको परिणाम उक्त घटनाबाट पाठ सिकेर भविष्यमा नदोहोरीउन् भन्ने तर्फनेपाली कांग्रेस तनहुँ सम्वन्धित सबैलाई सचेत गराउन चाहन्छ भनिएको छ ।

‘स्थानीय जनताको नाममा कथित विरोधको नाटक मन्चन गरी त्यसको आडमा कानुनको मर्म विपरित कथित निशेधाज्ञा जारी गरी, राष्ट्रले सुरक्षा उपलव्ध गराएका नेपालको लोकतान्त्रिक अभियानमा समर्पित व्यक्ति पूर्व सभामुख रामचन्द्र पौडेललाई प्रहरीद्वारा दुर्व्यवहारपूर्ण तरिकाले गिरफ्तार गर्नुका साथै शान्तिपूर्ण कार्यक्रममा निर्मम प्रहरी दमन गरेर वर्तमान सरकारले आफ्नो अधिनायकवादी, र्सवसत्तावादी चरित्र उदाङ्गो बनाएको नेपाली कांग्रेसको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।

‘लोकतन्त्रको आधारभुत शर्तको रुपमा रहेको आवधिक निर्वाचनबाट प्राप्त जनअभिमतलाई स्वीकार गरेर नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको अवस्थामा ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफु सधैका लागि विजयी भएको जस्तो गरी अधिनायकवादी चरित्र प्रस्तुत गर्नु भनेको लोकतन्त्रको मर्म विपरित हो’, तनहुँ कांग्रेसले भनेको छ ।

यस्तै, वर्तमान सरकारबाट देखाइएको र्सवसत्तावादका विरुद्ध र सांसद बैठकको माग गर्दै २०७७ मंसिर २९ गते दमौलीमा विरोध र्‍याली प्रदर्शन गरिने विज्ञप्तिमा भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker