आँवुखैरेनीमा बजार अनुगमन

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ र ३ अन्तर्गत रहेका विभिन्न उद्योग, व्यवसाय, औषधी पसल, लगायतका व्यवसायहरुको अनुगमन गर्दै गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्याल नेतृत्वको टोली ।
उक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको प्रशान्त पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, डा. डिवि क्षेत्री, इलाका प्रहरी कार्यालयका प्रमुख शिव थापा, वडा अध्यक्षहरु दिनेश के.सी, आस बहादुर थापा, उद्योग वाणिज्य संघ आँबुखैरेनीको प्रतिनिधि लगायतको टोली अनुगमन खट्टएिको थियो ।

अनुगमनका क्रममा अखाद्य मिठाइ, क्याफिनयुक्त निलो रेडबुल, बिक्री वितरणका लागि राखिएको लेउ लागेका पानी जस्ता वस्तु भेटिएको र ती वस्तु जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ । तस्विर : भञ्ज्याङ










