दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ । यसअघि पनि पटक-पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा विहीबार मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा र अस्पताल प्रमुख डा परिवर्तन बरालको टोलीले मुख्यमन्त्री पाण्डेसँग अस्पतालको स्तरोन्नतिका विषयमा छलफल गरेको छ । छलफलमा प्रदेशका सामाजिक विकास स्वास्थ्यमन्त्री सुशीला सिङ्खडा, प्रमुख सचिव लक्ष्मीकुमार बस्नेत, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मासमेत सहभागी हुनुहुन्थ्यो ।

पन्ध्र शय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ । तीव्र सहरीकरण र बढ्दो जनसंख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक-पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन नसकेको थापाको भनाइ छ । बढ्दो चापसँगै अस्पताललाई पचास शय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताउनुभयो ।

अस्पताल विस्तारका लागि संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो । तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ ।

वि.सं २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो । अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधिकक्ष लगायतका सेवा विस्तार भइसकेको छ ।

साथै शव राख्नका लागि दुइ तह भएका दुइवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker